मोदीमाथि एका-एक खनिए नवजोत:- “आतंककारी मार्न गएको की रुख उखाल्न ?”

२०७५ फाल्गुन २१, मंगलवार १४:१५ गते २०७५ फाल्गुन २१, मंगलवार १४:१५ गते २०७५ फाल्गुन २१, मंगलवार १४:१५ गते

पुलवा आक्रमणपछि दिएको बयानकै कारण नवजोत सिंह सिद्धू आलोचित बने । ४६ जना सेना मारिएपछि जनतमाझ पाकिस्तानप्रति आक्रोस बढेको थियो ।

सोही समय नवजोतले एउटा व्यक्तिको कारण पुरै देशलाई दोषी मान्न नहुने भन्दै ट्वीट गरेपछि उनको चौत र्फी आलोचना भयो । बिवाद बढेकै कारण उनले कपिल शर्मा शोबाट हात नै धुनु प¥यो । उनी अहिले यस शोमा देखिएका छैनन् ।

बिवादकै कारण ट्रोल समेत बनेका उनले मोदीले गरेको हवाई आक्रमणमाथि शंका उब्जिएपछि पुन: आफनो अभिव्यक्ति दिएका छन् । कांग्रेसका सांसद एवं पूर्व खेलाडीसमेत रहेका उनले भारतीय सेनाले बालाकोटमा गरेको हवाई आक्रमणको प्रमाण मागेका हुन् ।पछिल्लो समय हवाई आक्रमणलाई लिएर मोदीमाथि नै प्रश्नहरु लगातार उठ्न थालिरहेका छन् । जसमा नवजोत पनि थपिएका हुन् ।उन ले बालाकोटमा ३ सय आतंककारीहरु मारिएका हुन की होईनन् भनेर मोदी सरकारसंग प्रमाण मागेका हुन् ।

उनले ट्वीट गर्दे भनेका छन् “३ सय आतंककारी मारिएको हो होईन ? त्यहाँ आतंककारी मार्न गएका थिए की रुख उखाल्न ? के यो मात्र चुनावका ला गि गरिएको नौटंकी थियो ? सेनामाथि राजनितीकरण गर्न बन्द गर्नुस ।जति देश महान र पवित्र छ त्यती नै सेना पनि पवित्र छ ।

अग्लो पसल तर खाना स्वादविहिन” ।उनले मोदीमाथि कडा प्रहार गर्दे लेखेको ट्वीटले यतिबेला पुन: चर्चा कमाईरहेको छ । उनले यसअघि पनि एउटा भिडियो सेयर गरेका थिए जहाँ बालाकोटका स्थानीय जनताहरुले हवाई आक्रमणबाट कुनै पनि क्षती नभएको बताएका थिए । मोदीले असली अनुहार लुकाएको तर नक्कली अनुहार बाहिर आएको भन्दै ट्वीट गरेका थिए ।

नवजोतको पाकिस्तानसंग राम्रो सम्बन्ध छ । बिषेश गरी इमरान खानसंग पूर्व खेलाडी भएकै नाताले पनि होला उनले पुलवा घटनाको पुरा जिम्मेवारी पाकिस्तानलाई दिन नहुने तर्क गर्दे आईरहेका छन् ।

नवजोत इमरानको सपथ ग्रहण कार्यक्रममा पनि सरिक भएका थिए त्यतीबेला पनि उनको आलोचना भएको थियो । यता मोदीमाथि बालाकोटमा गरिएको हवाई आक्रमणलाई लिएर ठुलो प्रश्न चिन्ह उठिरहेको छ ।

उनको सरकारले बालाकोटमा ३ सय भन्दा बढि आतं ककारीहरु मारिएको दाबी गरिहदा अन्तराष्ट्रिय मिडियाले सो क्षेत्रमा कुनै हाताहती नभएको भनेपछि मोदीमाथि संकट छाएको हो ।

त्यतीमात्र होईन हवाई आक्रमणपछि मोदीले सर्वदलिय बैठक नबोलाएपछि झनै उनीमाथि प्रश्न चिन्ह उठेको हो ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed