पब्जीले पुर्यायो मृत्युको मुख : खेलिरहेका युवकले एसिड पिए, उपचारका क्रममा पनि खेल्दै

२०७५ फाल्गुन २१, मंगलवार १४:५४ गते २०७५ फाल्गुन २१, मंगलवार १४:५४ गते २०७५ फाल्गुन २१, मंगलवार १४:५४ गते

काठमाडौ । कम्प्युटर र कम्प्युटर जन्य माध्यमबाट खेलीने पब्जी मानिसको मृत्युको कारण बन्न थालेको छ । यसको लत यस्तो छ की खेलकै क्रममा जो कोहीले मृत्युको बाटो सहजै स्वीकार्दै आएका छन् ।

यो खेलको लतले अहिले संसारभरका बालबालिका र किशोरकिशोरीलाई सताइरहेको छ । नेपालमा पनि यो भिडियो गेमका पारखीहरु धेरै छन् ।पब्जी खेलिरहेका बेला ‘खेलाडीहरु’ अर्कै दुनियाँमा पुगेका हुन्छन् । त्यसैले उनीहरुलाई आफू कस्तो अवस्थामा छु भन्ने पनि होस हुन्न् ।

भारतमा अहिले एउटा यस्तै अनौठो घटना सार्वजनिक भएको छ । मध्येप्रदेशस्थित भोपालका एक युवकले पब्जी खेलिरहेको सुरमा पानी हो भन्ने लागेर एसिड पिइदिए ।

धन्न चाँडै अस्पताल पुर्‍याइएकाले उनको ज्यान भने बाँचेको छ । तर अचम्मको कुरा के छ भने उनी खेलको तलबाट अझै उत्रिएका छैनन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार अहिले उनी अझै खतरामुक्त भइसकेका छैनन् । २५ वर्षीय युवकको उपचारमा संलग्न डाक्टर मनन गोगियाले भने, ‘ऊ आँगनमा बसेर पब्जी खेलिरहेको रहेछ । खेलमा यसरी डुबेको रहेछ कि पानी भन्ठानेर एसिड पिएछ ।’ पिउनासाथ अत्यधिक जलन भएपछि उनलाई अस्पताल कुदाइएको थियो ।

डा. गोगियाका अनुसार एसिडले गर्दा उनको पेटमा अल्सर भएको छ र अन्य अंगहरुमा पनि असर गरेको छ । उनलाई अहिले नागपुरको अस्पतालमा रिफर गरिएको छ ।

डा. गोगियाका अनुसार ती युवकले अझै चेतेका भने छैनन् । उपचारकै क्रममा पनि उनी पब्जी खेलिरहेका थिए । डाक्टरहरुले सम्झाउँदा पनि उनी लतबाट बाहिर निस्किन सकेका छैनन् । उसलाई गहिरो लत बसेको छ । यो लतबाट हटाउन ठूलै काउसन्सलिङ जरुरी छ ।

यसैबीच तमिलनाडुपछि मध्यप्रदेशमा पनि पब्जी गेममाथि प्रतिबन्ध लगाउनुपर्ने माग उठेको छ । यसबाट विद्यार्थीहरुको पढाई प्रभावित भइरहेको र युवाहरु पनि बरालिएको बीजेपीका बिधायक यशपाल सिसोदिया बताउँछन् । उनले भने, ‘पब्जी खेल बच्चाहरुका लागि हिंस्रक छ ।

धेरै अभिभावकहरुबाट विभिन्न गुनासोहरु आइरहेका छन् । त्यसैले यसलाई प्रतिवन्ध लगाउनुपर्छ ।’ यो खेलको असर नेपालमापनि देखिन थालेको छ । यसले विद्यार्थी र युवाहरुको भविष्य नै डामाडोल पारेको गुनासो छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed