एजेन्सी। बालाकोटमा भारतीय वायुसेनाको कारवाही भन्दाप हिला जैश–ए–मोहम्मदको क्याम्पका ३०० मोबाइल फोन एक्टिभ थिए।
न्युज एजेन्सी एएनआईका अनुसार नेशनल टेक्निकल रिसर्च अर्गनाइजेशनले कारवाही भन्दा पहिला यसको जानकारी सेनालाई दिएको थियो। भारतीय सुरक्षा एजेन्सीहरुले पनि यो जानकारीमा सहमति जनाए। यसबाट उक्त क्याम्पमा ३०० सदस्य रहेको स्पष्ट भएको थियो।
एयर स्ट्राइकभन्दा पहिला बालाकोटमा नेशनल टेक्निकल रिसर्च अर्गनाइजेशनले एउटा रिपोर्ट तयार परेको थियो। स्रोतका अनुसार जब भारतीय वायुसेनाले पाकिस्तानमा जैश–ए–मोहम्मदको क्याम्पलाई लक्षित गर्ने निर्णय गर्यो तब, नेशनल टेक्निकल रिसर्च अर्गनाइजेशनसँग उक्त क्याम्पको रेकी गर्न आर्गह गर्यो। त्यसपछि उक्त क्याम्पका ३०० मोबाइल एक्टिभ रहेको सूचना आयो।
एयर स्ट्राइकपछि भारतीय संचारमाध्यमले भारतीय वायु सेनाले ३०० भन्दा धेरै आतंकवादीलाई मारेको प्रचार गरे। तर पाकिस्तानले भने उक्त दाबीलाई झुटो बताएको छ।
पाकिस्तानको पछिल्लो भनाइ अनुसार उसले भारतमाथि बम बर्साउँने र विङ कमाण्डर अभिनन्दनको जहाज खसाउनकालागि अमेरिकाको एफ–१६ होइन,जेएफ–१७ को प्रयोग गरेको थियो।जुन चीनसँग मिलेर विकसित गरिएको थियो।
पाकिस्तानले जब एफ –१६ प्रयोग नै गरेको थिएन भने मिग–२१ द्वारा उसलाई खसाएको भन्ने गलत भएको भारतीय संचारमाध्यमले दाबी गरेका छन्।
१४ फेब्रुअरीमा कश्मिरको पुलवामा आतंकवादीले सीआरपीएफका जवानमाथि आत्मघाती बम आक्रमण गरेको थियो। उक्त आक्रमणका ४० भन्दा धेरै जवानको निधन भएको थियो। उक्त आक्रमणका जिम्मेवारी जैश–ए–मोहम्मदले लिएको थियो।
Views: 0