नेपाल आइडल सिजन २ का फर्स्ट रनरअप बिक्रम बरालको स्वरमा चलचित्र ‘ब्रेकअप’को नयाँ गीत रिलिज भएको छ। गत शुक्रबार रिलिज भएको चलचित्रको गीत ‘गुपचुप’ बुधबार सार्वजनिक गरिएको हो।
गीतमा शब्द प्रकाश मल्लको रहेको छ भने गीतमा सङ्गीत काली प्रसाद बास्कोटाले भरेका हुन्। चलचित्रको मुख्य कलाकारमा आशिरमान देशराज जोशी, शिल्पा मास्के, रेमनदास श्रेष्ठ, इच्छा कार्की रहेका छन्।
हेमराज बिसीको निर्देशनमा बनेको फिल्मलाई नरेन्द्र मैनालीले छायाङ्कन गरेका छन् । यो फिल्मलाई रुपक थापा, दीपक खतिवडा, रेनु राना र निर्देशक बिसीले संयुक्त लगानीमा निर्माण गरेका हुन्।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0