पुरानो सिरानी स्वास्थ्यको लागी हुन्छ हानिकारक, कसरी हुन्छ हानिकारक? कसरी सचेतना पुराउने ? जान्नुहोस।

२०७५ फाल्गुन २३, बिहीबार १३:१० गते २०७५ फाल्गुन २३, बिहीबार १३:१० गते २०७५ फाल्गुन २३, बिहीबार १३:१० गते

काठमाडौँ । सिरानीको उचित ध्यान नदिँदा इनफेक्शन, दुखाई एवम् राम्रो निन्द्रा नपर्ने समस्या हुने गर्छ । धेरैजसो मानिसलाई बिना सिरानी निन्द्रा नलाग्ने हुन्छ । सिरानी जति नरम भयो उति नै मिठो निन्द्रा लाग्ने हुन्छ ।

यदी सिरानीलाई सहि तरिकाले प्रयोग नगरेमा हामी बिस्तारै रोगि हुन सक्छौँ । पूरा दिनको थकाईका लागि आरामको निन्द्रा आवश्यकता पर्दछ । सिरानीको उचित ध्यान नदिने स्थितिमा इनफेक्शन, दुखाई र निन्द्रा राम्रो नहुने समस्या हुन् सक्छ ।

ब्याक्टेरियाको संक्रमण हुन् सक्ने:-

तपाईको पुरानो सिरानीमा धेरै मात्रामा ब्याक्टेरिया र धूलो हुने गर्छ । घर भित्र आउने धूलो सिरानीमा रहन्छ । यदी तपाईको घरमा कुनै पाल्तु जनावर छ भने त्यसको माध्यमले सिरानीमा ब्याक्टेरिया आउन सक्छ । ब्याक्टेरिया तपाईको श्वासको माध्यमबाट शरीरमा प्रवेश गरि तपाईलाई अस्थमा जस्ता रोगको लाग्न सक्छ । यो बाहेक तपाईलाई एलर्जी पनि हुन् सक्ने जानकारी ओएसनेपालले विभिन्न चिकित्सकहरुसँगको कुराकानी र परामर्श लिएर यि टिप्स तयार गरेको हो ।

सिरानीको जाँच कसरी गर्ने:-

यदी तपाईको सिरानी पुरानो भएको छ र त्यसको प्रयोग अब हुन् सक्दैन भने पहिला त्यसको जाँच गर्नुहोस् । सिरानीमा कति फोहोर जमेको छ वा छैन हेर्नुहोस् । यो बाहेक राती सुतेको समयमा समस्या हुन्छ अथवा राती यताउता फर्किदा-फर्किदै रात बित्छ र बिहान उठ्दा घाँटी, ढाड, र घुँडामा दुखाईको महसूस भएमा तपाईले सिरानी बदल्नु पर्ने हुन्छ ।

सिरानी छनौट गर्ने तरिका:-

पोलिस्टर सबैभन्दा प्रचलित र सस्तो हुने गर्छ । क्लस्टर युक्त यी सिरानीलाई तपाई वाशिङ्ग मशिनमा धुन सक्नुहुन्छ । यसलाई दुई वर्षमा बदल्नु पर्छ । ट्याक्स सिरानी धेरै आरामदायक हुन्छ । यसलाई तपाई १०-१५ वर्ष सम्म प्रयोग गर्न सक्नुहुन्छ । मेमोरी फोम सिरानी पनि धेरै नै आरामदायक हुन्छ किनभने यसमा पल्टिदा टाउको र घाँटीले आफ्नो सहि आकार आफैँ बनाउँछ । गर्भवती महिलालाई यस किसिमको सिरानी प्रयोग गर्न सल्लाह दिने गरिन्छ ।

पानीवाला सिरानीमा पानीको पाउच जस्तो सपोर्ट हुन्छ । यो सिरानी नरम र हाइपो-ऐलर्जिक पनि हुन्छ तर यो थोरै आरामदायक भने हुन्छ ।

ध्यान राख्नु पर्ने:-
यदी तपाईको कपाल चिसो छ भने सिरानीमा प्रयोग गर्नु हुँदैन् किनभने फोहोर र चिसो ठाउँमा ब्याक्टेरिया चाँडो बढ्ने हुन्छ । सिरानीको साथै यसको खोललाई पनि ध्यान राख्नुपर्छ । सिरानीको खोल यस्तो हुनुपर्छ जसमा धूलो- माटो भित्र सम्म छिर्न नसक्ने हुनुपर्छ । यी सुझाव र उपाय ध्यानमा राखेमा तपाईको निन्द्राको बिच सिरानी आउदैन । तपाईलाई आरामको निन्द्रा आउने र सधैँ स्वस्थ रहनुहुन्छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *