काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उनको दल भारतीय जनता पार्टी (भाजपा) का बारेमा अमेरिकाको गुप्तचर निकायका प्रमुखले ठूलो खुलासा गरेका छन् ।
अमेरिकन हरूले सन् २०१९ मा हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा भाजपा र मोदीका बारेमा सनसनीपूर्ण खुलासा गरेपछि दक्षिण एशियामा हलचल उत्पन्न भएको छ ।
अमेरिकाको नेशनल इन्टेलिजेन्सका निर्देशक डन कोट्सले भाजपाले निर्वाचन अगाडि भारतमा धार्मिक द्वन्द्व (हिंसा) गराउने तयारी गरेको दाबी गरेका छन् । निर्देशक कोट्सको रिपोर्टलाई उदृत गर्दै अमेरिकन अनलाइन पत्रिका ‘न्युज १८ डटकम’ले भारतमा हिन्दू र मुस्लिम समुदायबीच धार्मिक हिंसा भड्काउने तयारी भएको खुलासा गरेको छ । भारतमा हिन्दू र मुस्लिम धर्मबीच धार्मिक दंगा फैलियो भने त्यसको असर नेपालमा पनि पर्नेछ ।
भारतले आफ्नो गुप्तचर संस्था ‘रअ’लाई प्रयोग गरेर छिमेकी राष्ट्रहरूमा पनि धार्मिक दंगा गराउन सक्ने स्रोतको भनाई छ । भारतले नेपालमा पनि त्यो खतरनाक खेल नखेल्ला भन्न सकिँदैन। भारतको निर्वाचनलाई लिएर नेपाल सरकारले बेलैमा सुरक्षा सर्तकता अप नाउनु पर्ने जानकारहरू बताउँछन् । खुला सिमाना भएका कारण भारतमा कुनै पनि दंगा हुनेवित्तिकै नेपालमा त्यसको प्रभाव पर्न सक्छ ।
धार्मिक दंगा नभए पनि भारतमा अपराध गरेर नेपालमा आएर अपराधीहरू लुक्न सक्ने विश्लेषण गरिएको छ । नेपाल– भारतको सीमालाई अहिले देखिनै चेकजाँचमा कडाइ गर्नुपर्ने सुझावहरू आउन थालेका छन् । भाजपाले भारतमा हिन्दू धर्म स्थापनाका लागि सन् २०१९ को संसदीय निर्वाचनलाई भरपुर उपयोग गर्ने रणनीतिमा रहेको रिपोर्टमा उल्लेख छ । भारतमा मुस्लिमभन्दा धेरै हिन्दू छन् ।
धर्मनिरपेक्ष भारतलाई हिन्दूराष्ट्र बनाउन भाजपाले हिन्दूहरूको भोट तान्न चाहन्छ। त्यो भोट आफूतिर तान्न हिन्दू र मुस्लिम धर्मबीच हिंसा भड्काएर द्वन्द्व गराउन खोजेको अमेरिकाले आरोप लगाएको छ। भारतमा नरेन्द्र मोदी र भाजपा पछिल्ला दिनहरूमा अलोकप्रिय हुँदै गएका छन् । आफ्नो बर्चश्व बचाइराख्न मोदी र उनको दल भाजपाले भारतमा दङ्गा फैलाउने गरेर रणनीति बनाएको आरोप लगाइएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तान विरुद्ध सैनिक कारबाही गरेर निर्वाचनको फण्डा बनाउन खोजेका थिए । तर, मोदीको त्यो फण्डा धेरै दिन टिक्न सकेन । पाकिस्तानले मोदीको सबै चालहरूको पर्दाफास गरि दिएको छ । यो घटनाले मोदी र भारतको विरोध भएको छ भने पाकिस्तान र प्रधानमन्त्री इमरान खानको विश्वभरि प्रशंसा गरिएको छ । मोदीको रणनैतिक चाल बुझेका पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतमाथि त्यति धेरै ठूलो सैन्य बल प्रयोग गरेनन् ।
मोदीले निर्वाचनका बेला आफू र अलोकप्रिय बन्दै गएको आफ्नो दल भाजपामाथि सहानुभूति जुटाउन पाकिस्तानमाथि हमला गरेका थिए । पाकिस्तानले आफ्नो भूमिमा उड्दै गरेको भारतको फाइटर प्लेनका पाइलटलाई जिउँदै पक्राउ गरी सकुशल फिर्ता गरेर मोदी को खेलको पर्दा उघारी दिएपछि भारतीय नागरिकहरू नै चकित परेका छन् । भारतीय प्रधानमन्त्री मोदीका पछिल्ला गतिविधि र भाजपाका नेताहरूका अभिव्यक्तिले पनि अमेरिकनहरूको रिपोर्टलाई मद्धत गरेको विश्लेषण गर्न थालिएको छ ।
Views: 0