इमरान खान सरकारको अर्को बोल्ड निर्णय, विश्वको ध्यान यसरी तानियो !

२०७५ फाल्गुन २४, शुक्रबार ०९:१२ गते २०७५ फाल्गुन २४, शुक्रबार ०९:१२ गते २०७५ फाल्गुन २४, शुक्रबार ०९:१२ गते

इस्लामावाद । पाकिस्तानमा इमरान खान नेतृत्वको सरकार आतंकवाद विरुद्ध कडा रुपमा प्रस्तुत भएको छ । प्रतिबन्धित विभिन्न सङ्गठनमा आवद्ध १२१ जनालाई पाकिस्तानी सुरक्षाकर्मीहरुले पक्राउ गरेका छन् ।

गत चार दिनको अवधिमा उनीहरुलाई पक्राउ गरिएको सरकारी अधिकारीहरुलाई उद्धृत गर्दै स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् ।संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले प्रतिबन्ध लगाएका सङ्गठनका व्यक्तिहरु पक्राउ परेको स्थानीय उर्दु टेलिभिजन सामाले जनाएको छ ।

गृह मन्त्रालयका अधिकारीहरुका अनुसार पक्राउ परेका व्यक्तिहरु प्रतिबन्धित विभिन्न सङ्गठनमा निकै सक्रिय थिए । देशको सुरक्षा निकायले शङ्कास्पद र प्रतिबन्धित व्यक्तिहरुलाई पक्राउ गर्ने क्रमलाई तिव्रता दिएको अधिकारीहरुले जनाएका छन् । पाकिस्तानमा जमात उड डावा, फलाह ए इन्सानीट फाउन्डेसन, जैश ए मुहम्मद (जेम)लगायतलाई प्रतिबन्ध लगाइएको छ ।

यो सँगैं भारतले पाकिस्तान माथि लगाउँदैं आएको आरोप सकिने देखिएको छ । लामो समय देखि शान्तिका लागि अपिल गर्दै आइरहेको पाकिस्तानले केही दिन पहिले मात्रैं हिन्दु विरोधी अभिव्यक्ति दिएकैं कारण एक मन्त्रीलाई बर्खास्त गरेको थियो । अहिले विश्वको ध्यान पाकिस्तान र खान तर्फ खिचिएको छ । एजेन्सी

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *