चर्चित अभिनेता अनमोल केसी अभिनीत फिल्म क्याप्टेन बन्यो पाइरेसीको शिकार, कसले हाल्यो युट्युबमा ?

२०७५ फाल्गुन २४, शुक्रबार १८:४१ गते २०७५ फाल्गुन २४, शुक्रबार १८:४१ गते २०७५ फाल्गुन २४, शुक्रबार १८:४१ गते

काठमाडौँ – चर्चित अभिनेता अनमोल केसी अभिनीत फिल्म क्याप्टेन गत शुक्रवारबाट हलहरुमा लागेको छ ।यसैक्रममा फिल्म क्याप्टेन पाइरेसीको शिकार बनेको छ ।

फिल्म क्याप्टेन रिलिज भएको केही दिनमा नै ‘प्रेम किंग चान’ नामक एक युट्युब च्यानलमा ‘क्याप्टेन’ युट्युबमा अपलोड गरिएको हो । फिल्म हलमा बसेर चलचित्र हेर्दै गर्दा मोबाइलबाट खिचेर अपलोड गरिएको निर्माता भुवन केसीले बताएका छन् ।

उनले उक्त च्यानलबाट जसले अपलोड गरेको भएपनि तत्कालै कानुनी दायरामा ल्याइने बताएका छन् । साथै साइबर क्राइममा आँफुले उजुरी दिइसकेको निर्माता भुवन केसीले बताए ।

निर्माता केसीका अनुसार दुइ दिन अघि अपलोड भएको उक्त भिडियो धेरै दर्शकले नहेरिसकेको भए पनि यस्ता गतिविधिले निर्माण टिमलाई असर पर्ने देखिएको छ। यस फिल्मलाई ५७ जनाले हेरिसकेका छन्। तर अहिले भने युट्युबबाट यो फिल्म हटाइएको छ।

फिल्म क्याप्टेन मा प्रियङ्का एमभी, सुनिल थापा, प्रशान्त ताम्राकार, वुद्दि तामाङ, विल्सन विक्रम राई लगायतका कलाकारको पनि भूमिका रहेको छ ।

यस फिल्मलाइ दिवाकर भट्टराईले निर्देशन गरेका हुन् । यस फिल्ममा सामिप्यराज तिमल्सिनाको कथा रहेको छ।अभिनेता अनमोल केसीलाई पहिलो पटक फुटबल खेलाडीको रुपमा प्रस्तुत गरिएको छ ।हाल सम्म यस फिल्मले आक्रामक व्यापार गरेको छ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *