भारतविरुद्ध अन्तर्राष्ट्रिय अदालत जाने पाकिस्तानको चेतावनी

२०७५ फाल्गुन २८, मंगलवार १८:४३ गते २०७५ फाल्गुन २८, मंगलवार १८:४३ गते २०७५ फाल्गुन २८, मंगलवार १८:४३ गते

इस्लामावाद (एजेन्सी) । पाकिस्तानले भारतीय गतिविधिविरुद्ध अन्तर्राष्ट्रिय अदालत जाने चेतावनी दिएको छ । खास गरेर भारतले नदीको पानि रोकिदिने चेतावनी दिएपछि पाकिस्तानले भारतलाई यस्तो चेतावनी दिएको हो ।

पाकिस्तानी अधिकारीले भारतले सिन्धु जल सन्धिअनुसार पाकिस्तानतर्फ आउने पानी रोक्न नसक्ने बताएका छन् । पाकिस्तानी अधिकारीले यदि भारतले राभी, सतलज र ब्यास नदीहरुको पानी रोक्यो भने पाकिस्तानले अन्तर्राष्ट्रिय मध्यस्थता अदालत जाने बताए ।

सिन्धु जलका लागि स्थायी आयोगका पाकिस्तानी प्रतिनिधिले भारतले जल आक्रमणको तयारी गरेको बताएका छन् । गएको महिना भारतीय मन्त्री नितिन गडकरीले नयाँ दिल्लीमा भारतले आफ्नो भागको पानी पाकिस्तानतर्फ जानबाट रोक्ने निर्णय भएको बताएका थिए ।

पाकिस्तानले उनको यो भनाईमा भारतले आफ्नो भागको पानी रोकेमा पाकिस्तानलाई कुनै समस्या नहुने बताएको थियो । एक अधिकारीले पाकिस्तानी जल एवं विद्युत मन्त्रालयले पाकिस्तानमा भारतले पानी रोक्ने विषयमा समिक्षा गरिरहेको बताएका छन् ।

सिन्धु जल सम्झौताअनुसार भारतले पाकिस्तान जाने पानी रोक्न सक्दैन । यस्तो गरेमा अन्तर्राष्ट्रिय अदालत जाने पाकिस्तानी अधिकारीले बताए । उनले पानीको बहाबको दिशा परिवर्तन गर्न भारतलाई कैयौं वर्ष लाग्नेसमेत बताए ।

सिन्धु जल सम्झौता १९६० अनुसार सिन्धु, झेलम र चिनाब नदिहरुको पानी दिइएको छ । राभी, ब्यास र सतलजको पानी भारतलाई दिइएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *