के तपाईंलाई शनिको महादशाले सताईरहेको छ ? मिलेको काम पनि बिग्रन्छ ? त्यसोभए कुण्डलीमा शनिको दोष भएको हुनसक्छ।
शनि बिध्न र बाधाको देब हुन्। यदि कुण्डलीमा शनि खराब छ भने जिवनमा समस्या पर्छ र सुख-शान्ति मिल्दैन। बन्न लागेका पनि सबै काम बिग्रन्छन् र कुनै पनि उपायले समाधान हुदैनन्। तर नडराउनुस किनकि गणेशजीसंग छ सबै समस्याको समाधान। शनिको महादशाका सबै बिघ्न र बाध गणेशजीले हटाईदिनुहुनेछ। त्यसैले ढिला नगर्नुस् गणेशजीलाई प्रशन्न गर्नुस् र माग्नुस गणेशजीसँग शनि शान्तिको बरदान। गणेशजीको नामले शनि दशाबाट मुक्ति पाइन्छ र शनि दोष मेटिन्छ। सबै दुख तथा समस्या सुल्झेर जिवनमा खुशी छाउनेछ।
कसरी गणेशजीले शनिलाई मनाउनु हुन्छ ? के सम्बन्ध छ गणेशजी र शनि देबको ? आज हामी तपाइलाई यसबारे बताउनेछौ:
– शनि बिघ्न र बाधाको देवता हुन् भने गणेशजी बिघ्न बिनाशक देवता हुन्।
– शनि देब शिवजीको शिष्य हुन र गणेशजी छोरा हुन्।
– शनि न्यायका देवता हुन सजाय दिन्छन् र जीवनलाई कष्टकर बनाई दिन्छन्, गणेशजी आफ्नो भक्तहरुलाई सुख शान्ति र सम्वृद्धि दिनुहुन्छ।
त्यसैले जोतीषको जानकारीको अनुसार कुण्डलीमा जोडिएका सबै शनिका दोषहरु गणेशजीको पुजाआजा गर्नाले टाढा हुन्छ्न।
Views: 0