भारतीय प्रधानमन्त्रीले राखे आफ्नो नाम ‘चौकिदार नरेन्द्र मोदी’

२०७५ चैत्र ३, आईतवार १५:५९ गते २०७५ चैत्र ३, आईतवार १५:५९ गते २०७५ चैत्र ३, आईतवार १५:५९ गते

एजेन्सी । भारतीय प्रभानमन्त्री नरेन्द्र मोदीले ट्विटरमा आफ्नो नाम बदलेर ‘चौकिदार नरेन्द्र मोदि’ लेखेका छन् । उनीसँगै भारतीय जनाता पार्टीका अन्य नेताहरुले पनि आफ्नो नामको पछाडि चौकिदार लेख्न थालेका छन् ।

प्रधानमन्त्री मोदीसँगै बीजेपी अध्यक्ष अमित शाह, रेल मन्त्री पीयूष गोयल लगायतका अन्य नेताहरुले पनि आफ्नो नामको पछाडि चौकिदार लेखेका छन् । भारतीय सञ्चार माध्यमका अनुसार प्रधानमन्त्री मोदीले शनिबारबाट ‘मैं भी चौकीदार’ अभियान समेत सुरु गरेका छन् ।

उनले भनेका छन् “हरेक व्यक्ति जुन देशको भ्रष्टाचार एवं हिंसाविरुद्ध लड्छ ती सबै चौकिदार हुन ।” प्रधानमन्त्री माेदीले अाफ्नाे नाम फेरेपछि अहिले भारतीय समाजिक सञ्जालमा ‘मैभि चौकिदार’ टाइटलले चर्चा पाउन थालेको छ ।

यसअघि कांग्रेस नेताहरुले भारतले बनाइरहेको राफेल विमानको सम्झौताका क्रममा भारतीय जनता पार्टीमाथि विभिन्न आलोचनात्मक टिप्प्णी गर्दै ‘चौकीदार चोर है’ भन्ने कुरा ले चर्चा पाएकाे । यसअघि भारतीय प्रधानमन्त्री माेदीले २०१४ मा आफुलाई चीया वाला (चाय वाला) बताएका थिए । चुनावी अभियानका क्रममा मोदीले धेरै ठाँउमा चियाको बारेमा चर्चाको आयोजना समेत गरेका थिए ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *