नयाँ दिल्ली । भारत र पाकिस्तानबीच तनाव चलिरहेका बेला भारतले पाकिस्तानमाथि परमाणु आक्रमणको योजना बनाएको खुलासा भएको छ ।जम्मू कश्मीरको पुलवामा जिल्लामा भएको आतंकवादी आक्रमणपछि भारत र पाकिस्तानबीच बढे को तनावका बीच भारतीय सेनाले पाकिस्तानी सीमा नजिक परमाणु हतियार तैनाथ गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
यद्यपी अमेरिकाको हस्तक्षेपपछि भारत ब्याक भएको जनाइएको छ । १४ फेब्रुअरीमा पुलवामामा आक्रमण भएको थियो । त्यसको १३ औं दिन २६ फेब्रुअरीमा भारतीय हवाई सेनाले पाकिस्तानको बालाकोटमा हवाई कारबाही गरेको थियो ।
त्यसको भोलीपल्ट २७ फेब्रुअरीमा पाकिस्तानी हवाई सेनाले पनि भारतीय आकाशमा प्रवेश गरेर बम खसालेको थियो ।दुईदेशबीच युद्ध चर्कने देखेर भारतीय जल सेनाले परमाणुयुक्त पनडुब्बीमा आणविक हतियारसहति पाकिस्तानको सीमा नजिक गस्ती गरेको भारती य सञ्चारमाध्यमले जनाएका छन् ।
२७ फेब्रुअरीमा पाकिस्तानी सेनाले एकजा भारतीय हवाई सेनाका कमाण्डर अभिनन्दन वर्तमानलाई नियन्त्रणमा लिएपछि भारतले पाकिस्तानमा मिसाइल आक्रमणको तयारीसमेत गरेको बेलायती समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।
दुईदेशबीच आणविक युद्ध हुन अवस्था आएपछि हनोइमा रहेका अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्ना विदेशमन्त्री माइक पोम्पीयो र राष्ट्रिय सुरक्षा सल्हाकार जो बोल्टनलाई सक्रिय गराएका थिए ।
विदेशमन्त्री पोम्पीयोले भारतीय विदेशमन्त्री सुषमा स्वराज र पाकि स्तानी विदेशमन्त्री शाह महमुद कुरैशीलाई युद्ध नगर्न चेतावनी दिएको बताइएको छ । अमेरिकाले कडा आपत्ति जनाएपछि दुबै देश मत्थर भएको बताइएको छ ।अमेरिकाले भारतलाई तनाव कम गर्न र पाकिस्तानलाई भारतीय सैनिक फिर्ता गर्न दबाब दिएको बता इएको छ ।
भारतीय सुरक्षा सल्हाकार अजित डोभालले पाकिस्तानी खुफिया एजेन्सीका प्रमुखलाई २७ फेब्रुअरीमा फोन गरेर मिसाईल आक्रमण गर्ने धम्की दिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । अमेरिका, यूएई, चीनलगायतका मुलुकको दबाबपछि आणविक युद्धको मुखैमा रहेका दुई दक्षिण एशियाली मुलुक भारत र पाकिस्तानबीच तनाव कम भएको बताइएको छ ।
Views: 0