श्रीलंकालाई ० का विरुद्ध ४ गोलले पराजित गर्दै नेपाली महिला टोली दक्षिण एसियाली महिला फुटबल च्याम्पियनशिपको फाइनलमा प्रवेश गरेको छ।विराटनगरको शहीद मैदानमा खेलाडी पुनम जर्घामगर, अनिता बस्नेत, सावित्रा भण्डारी र अनिता पौडलले गोल गरेका हुन्। विराटनगरको गर्मीमा घरेलु दर्शकका माझ सहज ठानिएको खेल जित्न भने निकै संघर्ष गर्नुपर्यो।
अपेक्षित रुपमा बलियो मानिएको नेपाल विरुद्ध श्रीलंकाले बलियो रक्षा रणनीति बुनेको थियो। विपक्षी विरुद्ध हावी जसलाई तोड्न नेपाली खेलाडीलाई ४२ मिनेट समय लागेको थियो। महिला फुटबल तर खेल सकिने बेलामा भने नेपाल विपक्षी विरुद्ध हावी भएको देखियो र गोल संख्या थपिरह्यो।मध्यान्तर हुन ३ मिनेट बाँकी रहेको बेला विपक्षी पोष्ट भित्र कप्तान निरु थापाले निकालेको पासमा गोल लाइन नजिक रहेकी पुनमले ‘फाइनल टच” दिएर नेपालको अग्रताको सुरुआत गरेकी थिइन्। ७३ औं मिनेटमा अनिताले गरेको गोल दर्शनीय थियो।
महिला फुटबल डि बक्समा बल खोसाखोसको स्थिति चलिरहेको बेला डि बक्स बाहिर फर्केको बललाई उनले ‘सेकेन्ड बार’ च्यापेर पोष्टमा प्रहार गरेकी थिइन्।खेल सकिनु ७ मिनेट बाँकी रहेको बेला सावित्रा भण्डारीले हेड गोल गरेकी हुन्। यो सँगै उनको गोल संख्या २५ पुगेको छ। र यसअघिको जमुना गुरुङले बनाएको दोस्रो उच्च गोल संख्याको बराबरी गरेकी छिन्। नेपाल र श्रीलंका आमने सामने भएको यो छैटौँ पटक हो। जसमा नेपालले सबै खेलमा विजयी नतिजा निकालेको छ। सन् २०१० मा ढाकामा भएको सागमा ८-० तथा २०१२ र २०१४ को साफमा नेपालले श्रीलंकालाई ३-० ले हराएको थियो। त्यस्तै सन् २०१६ को चौथो भेटमा ४-० तथा १६ मै भएको साफ च्याम्पियनसिपमा नेपालले १-० ले हराएको थियो। नेपालले अब आज बुधवार नै हुने भारत र बांग्लादेशका विजेतासँग उपाधिका लागि खेल्नेछ।
Views: 0