अमेरिकी पूर्वराजदूत डेलिसीले ‘प्रचण्ड’ लाई भेटेर यसो भनेपछि

२०७५ चैत्र ७, बिहीबार १५:२६ गते २०७५ चैत्र ७, बिहीबार १५:२६ गते २०७५ चैत्र ७, बिहीबार १५:२६ गते

काठमाडौं – नेपालका लागि पूर्व अमेरिकी राजदूत स्कट डेलिसीले आफ्नो सहकार्यमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गतिशील नेता भएको बताएका छन्।पत्नी सीता दाहालको उपचारका क्रममा अमेरिकामा रहेका प्रचण्डसँग भेटपछि डेलिसीले प्रचण्ड गतिशील नेता भएको प्रतिक्रिया दिएका हुन्।

उनले आफ्नो फेसबुकमा नेपालका लागि राजदूत रहँदा प्रचण्डसँग गरेको सहकार्यको स्मरण पनि गरेका छन्।डेलिसीले नेपालको शान्ति प्रक्रिया सफलता र मेलमिलापतिर अघि बढेको समेत बताएका छन्। उनले प्रचण्डसँग विवादहरु भए पनि कहिल्यै शत्रुतापूर्ण सम्बन्ध नरहेको र मिलेर नै शान्तिको बाटो खोजिएको लेखेका छन्। डेलिसीले पूराना कुरामा अल्झिनुभन्दा समृद्ध नेपालका लागि अघि बढ्नु राम्रो हुने भनेका छन्।

उनले लेखेका छन्, ‘हामी यसरी फेरि भेटघाट हुन पाउँदा राम्रो लागेको छ। अनि, नेपाल देशका नेता जसप्रति मेरो चासो रहने गर्छ, उनलाई म कुनै काम वा विचार दिनमा सहयोगीसिद्ध हुन सकुँला, जय नेपाल १ यस्तो छ पूर्वराजदूत डेलिसीको स्टाटसको भावानुवाद।‘प्रचण्ड नेपाल कम्युनिस्ट पार्टीका एक जना अध्यक्ष हुन्। म राजदूत हुँदा उनी माओवादीका नेता थिए। उनीसँग मिलेर मैले नाजिकबाट शान्ति प्रक्रियाका लागि काम गरेको थिएँ। हामी बारम्बार भेट गर्थ्यौं, हाम्रा भेटहरु गतिशील प्रकृतिका हुन्थे, कहिलेकाहीं विवादहरु हुन्थे। तर, शत्रुतापूर्ण कहिले भएन।

हामीले मिलेर शान्तिको बाटो खोज्यौं, अनि आज ७ वर्षपछि अमेरिकाका लागि नेपाली राजदूत अर्जुन कार्कीको चाँजोपाजोमा कफी भेटघाट हुन सक्यो।’‘शान्तिपूर्ण देश नेपाल, जो अहिले मेलमिलापतर्फको यात्रा सम्पन्न गर्न लागिरहेको छ, सम्बन्धि फेरि पनि कुरा गर्न पाउँदा राम्रो लागिरहेको छ। पूराना कुरामा अल्झिरहनुभन्दा हामीले भविष्यको बलियो समृद्ध नेपाल बनाउन आइपर्ने चुनौतीका विषयमा, देशका युवाहरुलाई प्रोत्साहित गर्ने गरी भिजन ल्याउने विषय र हाम्रो आफ्नो स्थानको विषयमा छलफल गर्‍यौं। हामी यसरी फेरि भेटघाट हुन पाउँदा राम्रो लागेको छ, अनि नेपाल देशका नेता, जसप्रति मेरो चासो रहने गर्छ, उनलाई म कुनै काम वा विचार दिनमा सहयोगीसिद्ध हुन सकुँला, जय नेपाल १’

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *