यस्तो हर्कत गरिन जसका कारण परि तामाङ्ग र लक्ष्मी मोक्तानलाइ प्रहरीले पक्राउ गर्यो

२०७५ चैत्र ७, बिहीबार १५:४७ गते २०७५ चैत्र ७, बिहीबार १५:४७ गते २०७५ चैत्र ७, बिहीबार १५:४७ गते

नेपाल प्रहरीले सामाजिक सञ्जालमा अमर्यादित तथा अश्लील कार्यक्रम सञ्चालन गर्ने तीन जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले युटुब च्यानलमार्फत अश्लिल सामग्री प्रसारण गर्ने फुल्चोकी मिडिया गुप्रका सञ्चालक राजकुमार कुँवर, कार्यक्रम सञ्चालिका लक्ष्मी मोक्तान र अन्तवार्ता दिने मोडल परी तामाङलाई मङ्गलबार कलङ्कीबाट पक्राउ गरेको हो ।

प्रहरीले अश्लील सामग्री युटुबमा ‘मस्ती टक टाइम’बाट प्रशारित गरी सामाजिक सञ्जालमा अमर्यादित, अश्लील, उत्तेजिक अन्तवार्ता दिएको र कार्यक्रम सञ्चालन गरेको भन्दै पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । पक्राउ परेका तीनै जनालाई साइबर अपराधअन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *