म प्रधानमन्त्री भएको भए प्रतिव्यक्ति आय २५ हजार डलर पुर्याउने थिएँ- डा. भट्टराई

२०७५ चैत्र ७, बिहीबार १८:०७ गते २०७५ चैत्र ७, बिहीबार १८:०७ गते २०७५ चैत्र ७, बिहीबार १८:०७ गते

काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले अाफू प्रधानमन्त्री भएको भए मुलुकलाई विकासको नयाँ स्तरमा पुर्‍याउन सक्ने बताएका छन् ।एक टेलिभिजन अन्तरवार्तामा पुर्व प्रधानमन्त्री तथा नयाँ शक्तिका संयाेजक डा. भट्टराईले वर्तमान सरकारकाे नेतृत्वमा दुर दृष्टि र याेजनाकाे अभाव रहेकाे बताए । उनले अाफू प्रधानमन्त्री भएको भए १० वर्षमा नेपालीको प्रतिव्यक्ति अाय २५ हजार डलर पुुुर्र्याउने दाबी गरे ।

उनले नेपालीको मौलिक पोशाक मानिएको दौरा सुरुवाललाई आफूले राष्ट्रिय पोशाकबाट नहटाएको स्पष्टिकरण दिएका छन् ।एपीवान टेलिभिजनको तमासोम ज्योतिर्गमय कार्यक्रममा सोमबार राति टीकाराम यात्रीसँग कुराकानी गर्दै उनले यस्तो जवाफ दिएका हुन् ।‘दौरा सुरुवाललाई राष्ट्रिय पोशाकबाट हटाएको होइन’, उनले भने, ‘बरु नेपालीका सबै पोशाकलाई राष्ट्रिय पोशाक भन्नुपर्छ भनेको हो, सबै नेपाली पोशाक राष्ट्रिय पोशाक नै हुन् ।’मध्यपहाडी पुष्पलाल लोकमार्ग यात्राका क्रममा जाजरकोट पुगेर दौरा सुरुवाल लगाएका बाबुराले आफूलाई त्यो पोशाक सजिलो लागेको बताए । ‘पहिलो दौरा सुरुवाल लगाएँ’, उनले भने, ‘मलाई मन परेर लगाएको हो, यसमा कुनै राजनीतिक कारण छैन ।’

बाबुरामले सधैँ एउटै पोशाक लाउनुपर्छ भन्ने बाध्यता नरहेको जवाफ दिए । ‘यत्रा फरक फरक पोशाक छन् । त्यसैले फेरी फेरी लाउनुपर्छ’, उनले भने, ‘आफ्नो इच्छा र रुची अनुसार पोशाक लाउनुपर्छ ।’अर्को प्रसंगमा बोल्दै बाबुरामले नेपाललाई शान्तिक्षेत्र घोषणा गरिनुपर्ने उल्लेख गरे । ‘तत्कालीन राजा वीरेन्द्रले नेपाललाई शान्ति क्षेत्र घोषणा गर्न खोज्दा देशभित्रै अशान्ति थियो’, उनले भने, ‘अब देशमा शान्ति आइसकेकाले भारत, चीन जस्ता छिमेकी मुलुक पनि यो मामिलामा राजी हुन्छन्, यसतर्फ अघि बढ्नु जरुरी छ ।’

अन्तर्राष्ट्रिय मुद्दाबारे बोल्दै बाबुरामले विश्वशक्तिकारुपमा चीनको उदय भइरहे पनि अमेरिका तत्कालै कमजोर नहुने बताए । ‘अमेरिका बाघ हो, तत्कालै बिरालो हुँदैन, बरु दुब्लो बाघ हुन्छ’, बाबुरामले भने, ‘विस्तारै चीन पनि विश्वशक्तिका रुपमा अघि बढिरहेको छ । तर उसले अमेरिकालाई पछि पार्न अझै समय लाग्छ ।’बाबुरामले नेपालीले अनावश्यक तडकभडक र फजुल खर्च गरेकैले धेरै पछि परेको बताए । ‘हाम्रो फजूल खर्च पनि रोक्नु पर्यो, कार्यक्रमको तडकभडक पनि बन्द हुनुपर्यो’, उनले भने, ‘युरोप अमेरिकातिर छिटो छरितो कार्यक्रम गर्छन्, कुरा भन्दा काम गर्छन्, हामी भाषणमै घण्टौँ खर्चन्छौँ, त्यसैले पछि परेका छौँ ।’

फरक प्रसंगमा बोल्दै उनले सिके राउतलाई अदालतको सेटिङमा छुटाइएको दाबी गरे । कार्यपालिकाले अदाललाई प्रभावित पारेर राउतलाई रिहा गरेर सरकारले सम्झौता गरेकाले यसमा आफूले शंकाको दृष्टिले हेर्नुपरेको उनले बताए।सरकारसँग ११ बुँदे सम्झौता गरेपछि सिके राउतले तत्कालै विखण्डनको कुरा गर्नु शंकास्पद रहेको बताए । राउतलाई प्रधानमन्त्रीकै योजनामा जेलबाट सेटिङ मिलाएर झिकी सम्झौता गर्नु आपत्तिजनक रहेको बताए ।

उनले रेशमलाई पनि कार्यपालिकाकै सेटिङमा सजाय सुनाइएको आशंका गरे । बाबुरामले नेत्रविक्रम चन्द विप्लवको गतिविधिप्रति आफ्नो असहमति भए पनि सरकारको नेतृत्वमा भएकाले उनलाई लुटेर समूह भनिनु गलत भएको जिकिर गरे।भारतको कश्मीर मामिलाबारे बोल्दै बाबुरामले त्यहीँका जनतालाई समस्या समाधनको जिम्मा दिनुपर्ने बताए । उनले जम्मु कश्मीरका जनतालाई समस्याको समाधान गर्ने जिम्मा नदिएसम्म समस्या अझै बढ्ने उल्लेख गरे ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *