नेपालीलाई झड्का, अस्ट्रेलिया बस्न चाहनेहरुलाई कडाई गर्ने अस्ट्रेलियाका प्रधानमन्त्रीको घोषणा

२०७५ चैत्र ७, बिहीबार २१:३४ गते २०७५ चैत्र ७, बिहीबार २१:३४ गते २०७५ चैत्र ७, बिहीबार २१:३४ गते

काठमाडौं । अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले अस्ट्रेलिया बस्ने आप्रवासीहरुलाई कटौती गर्ने घोषणा गरेका छन् । प्रधानमन्त्री स्कटले सरकारको जनसंख्या नीति बुधबार सार्वजनिक गर्दै वार्षिक ३० हजार आप्रवासी कटौती गर्ने घोषणा गरेका हुन् ।अस्ट्रेलियाले हरेक वर्ष १ लाख ९० हजार विदेशी नागरिकलाई आफ्नो देशमा भित्र्याउने गरेको छ । स्कटले यो संख्या घटाएर १ लाख ६० हजार बनाउने घोषणा गर्दै ४ वर्षका लागि यो संख्या कायम राख्नेसमेत बताएका छन् ।

स्कटले अस्ट्रेलियाको जनसंख्या व्यवस्थापन आप्रवासीलाई भित्र्याउनु मात्र नभएर भौतिक संरचना, ट्राफिक व्यवस्थापन, रोजगारलगायतको व्यवस्था हुनुपनि उत्तिकै महत्त्वपूर्ण भएको बताएका छन्  ।दक्ष, सीपसहितको भिसामा अस्ट्रेलिया आएका विदेशीले यहाँको स्थायी बासिन्दाको अनुमतिपत्र ९पीआर० लिन दुर्गम स्थानमा गएर ३ वर्षसम्म बस्नुपर्नेछ । उनीहरूलाई भिसाको प्रोसेसिङमासमेत प्राथमिकता दिइ दुर्गम मानिएका क्षेत्रमा गएर अध्ययन गर्नका लागि प्रोत्साहन गर्ने किसिमले छात्रवृत्ति लगायतका कार्यत्रमसमेत ल्याइने बताइएको छ ।

पछिल्लो समयमा आप्रवासीका रूपमा अस्ट्रेलिया भित्रिएका विद्यार्थीहरू अधिकांशको रोजाइ सिड्नी, मेलबर्न लगायतका मुख्य सहर भएको देखिएपछि चाप कम गर्नसमेत यो भिसाको घोषणा गरिएको बताइएको छ ।

अस्ट्रेलियामा कति छन् नेपाली? दूतावासद्धारा गणनाको थालनी

पराराष्ट्र मन्त्रालय अन्तर्गत अष्ट्रेलियास्थित नेपाली दूतावासले प्यासिफिक क्षेत्रमा बसोबास गर्ने नेपाली नागरिकको गणना सुरू गरेको छ। हुन पनि हो, यस भेगका मुलुकमा नेपालीको उपस्थिति कति छ भनेर अझसम्म यकिन हुन सकेको छैन। त्यसका लागि हचुवाका आधारमा लाख र सवा लाखका कुरा गरिन्छ। तर, यकिन गर्न भने अस्ट्रेलियन सरकारको पुरानो डाटामा सिमित हुनुपरेको छ। यसै कारण पनि परराष्ट्रले आफ्नो नयाँ नीतिमै सर्वेक्षण मार्फत नेपालीको संख्या यकिन गर्ने कामको थालनी गरेको हो। राजदूतावासले अष्ट्रेलियालगायत न्युजिल्याण्ड, फिजी, पपुवान्यूगिनी, भानुआटु, सोलमन आइल्याण्ड, टुभालु र सामोआमा बसोबास गर्ने नेपाली नागरिकलाई लक्षित गरि सर्वेक्षण फाराम जारी गरिएको हो।

त्यस क्षेत्रमा बसोबास गर्ने नेपाली नागरिकले अस्ट्रेलियास्थित नेपाली दूतावासको वेवसाइटमा गएर आफ्नो विवरण भर्नुपर्नेछ। हाललाई विद्यार्थी, विभिन्न पेशामा आवद्ध र पिआर पाइसकेका नेपाली नागरिकको विवरण संकलन गर्न लागिएको हो।केही समयपछि विदेशी नागरिकता लिइसकेका नेपालीको पनि विवरण संकलन गरिने दूतावासले जनाएको छ। यसरी भरिएको विवरण पराराष्ट्र मन्त्रालयमा गोप्य तरिकाले सुरक्षित गरिने अस्ट्रेलियास्थित दूतावासले जनाएको छ।आफ्ना नागरिकको संख्या यकिन गर्न र समस्यामा दूतावासको भूमिका अगाडि बढाउन यो गणना सुरू गरिएको अष्ट्रेलियाका लागि कार्यबहाक राजदूत द्रूपदा सापकोटाले बताइन्।‘अस्ट्रेलियामा मात्र पछिल्ला केही वर्षमा नेपालीको बिभिन्न दुर्घटनामा ज्यान जाने क्रम बढेको छ। यस्तो परिस्थितिमा नेपालीको तथ्यांक लिएर अध्यावधी गर्नु अनि मर्दा पर्दा राजदूतावासको भूमिका सक्रिय बनाउन पनि यो गणना महत्वपूर्ण हो भन्ने हामीले लिएका छौ,’ सापकोटाले सेतोपाटीसँग भनिन्।

यस भेगमा बस्ने नेपालीहरुको विवरण दूतावासमा नहुँदा सहयोग र उद्धार गर्न कठिनाई हुने गरेको प्रसस्त उदाहरणहरू छन्। ‘हाम्रा नागरिकलाई विदेशी भूमिमा समस्या पर्दा तत्काल सहयोग गर्न सकियोस् भनेर तथ्यांक संकलन गर्न लागिएको हो,’ कार्यबहाक राजदूत सापकोटा स्पष्ट पारिन्, ‘हाम्रा नागरिकहरू कति विद्यार्थी, कति पीआर र कुन कुन सिप र पेशामा आवद्ध छन् भन्ने कुरा पनि जान्न सहज हुन्छ।’दक्ष नागरिकको सिप र क्षमतालाई स्वदेशमा कसरी लगानी गर्ने भनेर योजना बनाउन पनि सजिलो हुने राजदूत सापकोटाले बताइन्।
पराराष्ट्र मन्त्रालयको यो कदमलाई गैर आवासीय नेपाली संघ अष्ट्रेलियाले पनि सकारात्मक रुपमा लिएको छ। ‘यो राम्रो कामको सुरुवात हो’, संघका प्रवक्ता डिला खरेलले सेतोपाटीसँग भने।प्यासिफिक क्षेत्रमा कति नेपाली बसोबास गर्छन् त्यसको यकिन तथ्यांक कसैसँग पनि छैन। तर, अष्ट्रेलियामा मात्रै सवा लाखको हाराहारीमा नेपाली रहेको अनुमान भने गरिदै आएको छ।यो विवरण संकलनले नेपालीको संख्या यकिन गर्न सजिलो हुने विश्वास लिइएको एनआरएनका प्रवक्ता खरेलले बताए

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *