विवादित टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेविरुद्ध ठगी मुद्दा दर्ता हुने भएको छ । एक टेलिभिजनबाट ‘सिधा कुरा जनतासँग’ नामको कार्यक्रम चलाउँद आएका लामिछानेले केही महिनाअघि पत्नि इशासँग सम्बन्ध विच्छेद गरी अर्को विवाह गरेका थिए ।डिभोर्सअघि भएको सहमति पालना नगरेको भन्दै इशाले रविविरुद्द मुद्दा हाल्ने तयारी गरेकी हुन् । इशाले रविलाई ठगी र चेक बाउन्समा मुद्दा लगाउने भएकी छिन् ।
इशाले डिभोर्सअघि अमेरिकास्थित घर खरिद गर्दा लागेको ऋण तिरिदिने सम्झौता गरेको तर, हाल उक्त ऋण नतिर्ने बताएपछि इशा कानूनी विकल्पमा जाने भएकी हुन् । रविले पछिल्लो समय ऋण नतिर्ने भन्दै सकेको गर्न चेतावनी दिने गरेको गुनासो इशाको छ ।
रविले छोरीहरुमार्फत पैसा नदिने बताउने गरेको उनको भनाइ छ । उनले कार्यक्रम सञ्चालन गर्ने टेलिभिजनबाटै आफूले अमेरिकाको घर इशालाई दिएको र ऋण पनि तिरिदिने घोषणा गरेका थिए ।रविले इशालाई बैंकको चेक दिएका थिए । तर, चेकमा पैसा नभएको उनले बताइन् । हाल अमेरिकामा रहेकी इशा मुद्दा दर्ताका लागि छिट्टै नेपाल आउने भएकी छन् ।
Views: 0