कैलाली । चिकित्सकको लापरवाहीले सुत्केरीको मृत्यु भएको भन्दै मृतकका आफन्तहरुले सेतीअञ्चल अस्पतालमा तोडफोडको प्रयास गरेका छन् । धनगढी उप–महानगरपालिका वडा नम्बर–१२ जुगेडाकी २२ बर्षीया रेखा थापाको उपचारको क्रममा बिहीबार मृत्यु भएपछि अस्पताल पुगेका आफन्तहरुले नारावाजी गर्दै प्रदर्शन गरेका छन् । सुत्केरी व्यथा लागेपछि चैत्र ४ गते सेतीअस्पताल धनगढीमा भर्ना भएकी थापाको शल्यकृया गरिएको थियो ।
शल्यकृयापछि उनको पेट सुन्निएको मृतकका श्रीमान् जय थापाले बताए । उनले उपचारमा संलग्न डाक्टरले ग्यास्ट्रिको कारण देखाउँदै दुई दिनग्यास्टिसोको नै उपचार गरिरहे । तर पेट सुन्निने समस्या कम नभएपछि उनलाई थप उपचारको लागि ७ गते बिहान कोहलपुर रेफर गरिएकोमा बाटोमा नै बिरामीको उनका श्रीमानले जानकारी दिए ।मृत्यु भएपिछ मृतकको शव आफन्तले बुझ्न मानेका छ्रैनन् ।डाक्टरको लापरबाहीका कारण बिरामीको मृत्यु भएको भन्दै आफन्तले भने शव नबुझेका हुन् ।
मृतकका आफन्तले लापरबाही गर्ने डाक्टरलाई कारबाही गरिनु पर्ने माग राख्दै विहानै देखि अस्पताल परिसरमा नाराबाजी गरेका छन् । सुरक्षा सम्बेदनशिलतालाई ध्यानमा राख्दै व्यापक मात्रामा प्रहरी परिचालन गरिएको कैलालीका प्रहरी प्रमुख आभुषण तिम्सिनाले बताए । उनले मृतकका आफन्त र अस्पताल प्रशासनबीच अहिले वार्ता भैरहेको जानकारी दिए ।
Views: 0