नेपाल मगन्ते देश होइन : प्रधानमन्त्री ओली

२०७५ चैत्र ९, शनिबार १४:२६ गते २०७५ चैत्र ९, शनिबार १४:२६ गते २०७५ चैत्र ९, शनिबार १४:२६ गते

बुटवल । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल मगन्ते देश नभएको बताएका छन् । बुटवलमा छट्टाछुट्टै दुई आयोजनाको शिल्यानास गर्दै प्रधानमन्त्री ओलीले कतिपयले विदेशी सहयोग आउँदैन भनेर हल्ला चलाउन थालेको भन्दै उनले नेपाल मगन्तेहरूको देश नभएकाले आफ्नै देशका प्राकृतिक स्रोत सदुपयोग गरेर समृद्ध मुलुक बनाइने बताए । उनले उर्वरभूमि भएको देश नेपालको धर्तीमा वन, जंगल, तामा, खानी, खोला, नाला भएकाले कसैसँग मागेर खान नपर्ने बताए । खनिज, पेट्रोल, फलाम, सुनजस्ता खानी रहेकाले नेपाल आफैँमा सम्पन्न राष्ट्र भएको तर्क गरे । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ ।

त्यस्तै प्रधानमन्त्री ओलीले अब देशमा अशान्तीको युग समाप्त भएको बताएका छन् । उनले देशमा आतंक सिर्जना गर्नेलाई निषेध गरेको बताउँदै अब देश सुशासन र विकासको बाटोमा अगाडि बढ्नेसमेत बताए । साढे चार घण्टा रूपन्देहीमा विताएका उनले भैरहवा विमानस्थलको निरिक्षण संगै बुटवल मेडिकल कलेजको शुभारम्भ तथा बुटवल नारायण सडक चार लेन विस्तारको शिल्यानास गरेका थिए ।

तिलोत्तमा नगरपालिका– १ र ८ मा पर्ने शंकरनगर र करिहया सामुदायिक वनको दुई सय बिघा जग्गामा बन्न मेडिकल कलेज कार्यालयको शुभारम्भ प्रधानमन्त्री ओलीले गरेका हुन । संघीय सरकारले चालु आर्थिक वर्षको वजेटमा तिलोत्तमा, बर्दिबास र सुर्खेतमा गरी तीन वटा मेडिकल कलेज स्थापनाका लागि एकमुष्ठ ३० करोड रुपैयाँ विनियोजन गरेको छ ।

त्यस्तै प्रधानमन्त्री ओलीले शिल्यानास गरेको बुटवल–नारायणगढ १ सय १४ किलोमिटर सडक बस्तीमा ६ लेन र जंगलमा चार लेनमा विस्तार हुनेछ । चाइना स्टेट कन्ट्रक्सनले निर्माणको ठेक्का पाएको उक्त सडक विस्तार अबको तीन वर्षमा सम्पन्न गर्ने सम्झौता रहेको छ । सडक आयोजनाको कुल लागत १५ अर्ब रुपैयाँ रहेको छ । जसमध्ये एडिबीले ८५ प्रतिशत रकम ऋण उपलब्ध गराउनेछ ।

शिल्यानास कार्यक्रममा प्रदेश–५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश–५ को समृद्धिका लागि जोड्ने महेन्द्र राजमार्ग पूर्वदेखि पश्चिमसम्म नै बनाउनुपर्ने बताए । त्यस्तै नेकपाका महासचिव विष्णु पौडेलले सडक निर्माणमा ढिला नगरी तोकिएकै समयमा सम्पन्न गर्न सम्बन्धित निर्माण कम्पनीलाई आग्रह गरे ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *