काठमाडौ । बिबाहपछि बेहुलाले देखाएको अनौठो हर्कतका कारण एक दुलही प्रहरीसम्म जानु परेको छ । उत्तर प्रदेशको बरेलीमा यस्तो अनौठो घठना भएको छ । भएको के भने बिबाह भएको पहिलो दिन देखि नै बेहुलाले यौन क्षमता बढाउने औषधी लिन थालेका थिए ।
बेहुलाले हरेक समयमा यौन सम्पर्क गर्न खोज्ने भएका हुनाले बेहुली समस्यामा थिइन् । यहाँसम्म कि उनले शल्यक्रिया गर्नुपर्ने सम्मको अवस्था आयो । छोरीको यस्तो हालत देखेपछि उनका आमाबाबुले बेहुलाको परिवार विरुद्ध दाईजो, उत्पिडन र अप्राकृतिक सम्बन्ध बनाएको भन्दै मुद्धा हालेका छन् । बेहुला सहित उनको परिवार अहिले घर छोडेर भागेको जनाइएको छ ।बेहुलाले सुरुको दिन देखि नै औषधी सेवन गरेर बेहुलीको इच्छा विपरित बारम्बार यौन सम्बन्ध बनाउँने गरेको जनाइएको छ । बेहुलीले बेहुलाको उक्त व्यवहार सहन गर्न नसकेपछि माइतीको शरणमा जानु परेको हो । यो समाचार दैनिक भास्करबाट लिइएको हो ।
यी हुन् १० लाख भन्दा कम मूल्यमा पाइने उत्कृष्ट एसयुभी गाडी
काठमाडौं: भारतीय बजारमा कार प्रयोगकर्ताहरु बढ्दै गइ रहेको छन् । बजारमा विभिन्न सेगमेन्ट र मोडलका कार बजारमा उपलब्ध छन् ।उपभोक्ताहरु कारका धेरै भेरियन्ट उपलब्ध भएकाले कार रोज्न कन्फ्युज हुने गरेका छन् । त्यसैले पछिल्लो समय धेरै जसो उपभोक्ताको रोजाइमा एसयुभी पर्ने गरेको छ । यहाँ १० लाख भन्दा कम भारुमा पाइने कारको बारेमा चर्चा गरिएको छ ।फोर्ड इकोस्पोर्टस्-अमेरिकी कम्पनी फोर्डले उत्पादन गरेको इकोस्पोर्ट कार धेरैको रोजाइमा पर्ने गरेको छ । यो कारमा धेरै विशेषताहरु रहेका छन् । फुल अप्टसमा ६ एयरब्याग रहेको इकोस्पोर्टको मूल्य करिब १० लाख भारु रहेको छ । इकोस्पोर्ट ८ लाख ४२ हजारदेखि ९ लाख ९९ हजार भारुसम्ममा पाइने यो कार विभिन्न भेरियन्टमा उपलब्ध छ । यो कार नेपाली बजारमा समेत उपलब्ध रहेको छ ।
टाटा नेक्सन-टाटा मोटर्सले केही समय अघि सार्वजनिक गरेको एसयुभी सेगमेन्टको नेक्सनले निक्कै चर्चा बटुलेको छ । डिजेल भेरियन्टमा उपलब्ध एक्सइ नेक्सनको मूल्य ७ लाख १९ हजारबाटै सुरु रहेको छ भने अधिकतम मूल्य ९ लाख ६९ हजार भारु रहेको छ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले नेक्सन नेपाली बजारमा समेत उपलब्ध गराएको छ ।
मारुती सुजुकी भिटारा ब्रेजा-भिटारा ब्रेजा मारुती सुजुकीको धेरै बिक्री हुने मध्येको एउटा कार हो । मारुतीको अन्य कार जस्तै ब्रेजा पनि उपभोक्ताले विश्वास गरेको एसयुभी हो । १.३ लिटर इन्जिनमा उपलब्ध भिटारा ब्रेजाको मूल्य ७ लाख ५२ हजारदेखि ९ लाख ७७ हजार भारु सम्म रहेको छ । यो कार नेपाली बजारमा समेत लोकप्रिय रहेको छ ।रेनो डस्टर-फ्रान्सेली कार उत्पादक कम्पनी रेनोको डस्टर एसयुभी भारतीय बजारमा लोकप्रियता कमाएको अर्को एसयुभी हो । भिन्न डिजाइनमा उपलब्ध यो एसयुभीको सुरुवाती मूल्य ८ लाख ९५ हजार छ भने अधिकतम मूल्य १० लाख ८९ हजार भारु रहेको छ । रेनोको नेपालका लागि आधिकारीक बिक्रेता एडभान्स अटोमोबाइलले डस्टर गाडी भित्र्याएको हो ।महिन्द्रा टीयुभी ३००-भारतीय सवारी उत्पादक कम्पनी महिन्द्राको टीयुभी३०० भारतमा चर्चित एसयुभी मध्येमा पर्छ । विभिन्न भेरियन्टमा उपलब्ध टीयुभी३०० को सुरुवाती मूल्य ८ लाख २६ हजार भारु छ । त्यस्तै टीयुभीको अधिकमत मूल्य ९ लाख ९९ हजार भारु रहेको छ । नेपालमा अग्नि इनकर्पोरेटेडले महिन्द्राको गाडी उपलब्ध गराउँदै आएको छ ।
Views: 0