सांसद शान्ता चौधरी र नायिका करिश्मा मानन्धरले दिंदै एसईई परीक्षा,पहिलो दिन यस्तो भयो आज अंग्रेजी विषय

२०७५ चैत्र १०, आईतवार ११:३८ गते २०७५ चैत्र १०, आईतवार ११:३८ गते २०७५ चैत्र १०, आईतवार ११:३८ गते

काठमाडौं, चैत १० । यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसईई परीक्षा आजदेखि सुरु भएको छ । बिहान ८ बजेबाट सुरु भएको परीक्षाको पहिलो दिन आज परीक्षार्थीहरुले अंग्रेजी विषयको परीक्षा दिएका छन् ।दाङको घोराहीमा रहेकी नेकपाकी नेतृ शान्ता चौधरीलाई एसईई परीक्षा दिइरहेकी छन् । ३८ बर्षीया चौधरीलाई सफलताका लागि शुभेच्छुकहरुले शुभकामना ब्यक्त गरिरहेका छन् ।महेन्द्र बहुमुखी क्याम्पसमामा उनको परीक्षा केन्द्र परेको छ । घोराही उपमहानगरपालिका वडा नम्बर ४ डाडागाउँ आफ्नै घरमा बसेर ट्यूसन कक्षा समेत लिएकी उनी परीक्षामा सफल हुने विश्वासमा छिन् ।उनी यस पटक आफ्नी १७ वर्षीया छोरी विनु चौधरीसँग एसइइको परीक्षा दिँदै छिन् । स्कुल भर्ना भएदेखि नै चर्चाकी पात्र बनेकी नेपाली चलचित्र क्षेत्रकी चर्चित नायिका करिश्मा मानन्धर पनि एसईई परीक्षामा सामेल भएकी छन् ।

उनी विजय स्मारक मावि डिल्लीबजार केन्द्रबाट परीक्षामा सहभागी भएकी हुन् । उनी त्रिवेणी पब्लिक बोर्डिङ स्कुल मैतीदेवीकी विद्यार्थी हुन् । एकमहिना देखि सबै काम छाडेर परीक्षाको तयारी गरिरहेकी ४५ वर्षीया करिश्मा आइतबार स्कुल ड्रेसमै परीक्षा दिन गएकी हुन ।उनलाई सयौं शुभेच्छुकहरुले सामाजिक संजाल र फोनमार्फत परीक्षाको सफलताको शुभकामना ब्यक्त गरिरहेका छन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *