एजेन्सी । ४ वर्षको छोरासमेत आमाबाबुले आत्महत्या गरेको सनसनीखेज घटना बाहिरिएको छ। ती आमाबाबुले आफ्नो ४ वर्षको छोरालाई खुट्टाले च्यापेर १२ तला माथिबाट हाम्फालेका थिए। परिवार ऋणमा डुबेका कारण ती व्यापारी दम्पतीले सन्तानसमेत आत्महत्या गरेको बताइएको छ। ३५ वर्षका गार्मेन्ट व्यापारी विजय चतुरभाइ वघासियाले बुधबार श्रीमती र छोरासमेत आत्महत्या गरेका हुन्।विजयले आफ्नी पत्नी रेखा बेन सँगसँगै हाम्फालेका थिए ।
उनले ४ वर्षको छोरा वीरलाई खुट्टाले च्यापेर हाम्फालेका थिए। तीनजनाकै घटनास्थलमै मृत्यु भउको बताइएको छ । भारतको गुजरातको सूरतमा भएको यो घटनामा विजयको पाइन्टको खल्तीमा सुसाइड नोट भेटिएको छ । सुसाइड नोटमा विजयले ऋण तिर्नुपर्ने केही व्यक्तिहरुको नाम उल्लेख भएकोले प्रहरीले यसलाई भने सार्वजनिक गरेको छैन
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0