कतारमा मृत्यु भएका इटहराका कार्कीको शव अझै नेपाल पुगेन मोरङको रतुवामाई नगरपालिका १० स्थित लक्ष्मीचोक निवासी आमा शारदा कार्कीको ३३ वर्षीया जेठो छोरा भूपाल कार्की ( सुबास ) बिगत ८ साल देखि रोजगारीको सिलसिलामा कतार मा हुनुहुन्थ्यो र येही चैत्र ३ गते आइतबार भुपालको कतारमा आफ्नै निवासमा झुन्डिएको अवस्थामा शव फेला परेको थियो
उनको घरमा ५५ वर्षीया आमा,श्रीमती र४ सालकी छोरि छिन् रएक भाई रोजगारीकै सिलसिलामा दुवईमा छन् उनको बुबाको क्षयरोगका कारण मृत्यु भएको थियो अघिल्लो बेलुकी श्रीमानसँग कुरा गरेकी श्रीमती दीलमायालाई भोलिपल्टविहानै आएको पतिको मृत्युको खबर पत्याई नसक्नु भयो बालखछोरीलाई त अझै सम्म पनि बाबा बितेको पत्तो छैन् भक्कानिदैभन्नुभयो, ‘अब बाबाको लास देख्दा के भन्लान ?
म कसरीसम्झाउन सक्छु पतिको मृत्युको खबर सुनेर श्रीमतीले ५ दिन देखि पानी समेत नखाएपछि अहिले बेहोस भइ होस् नआएकोले चार दिन देखि उनलाई उपचारका लागि विराटनगर स्थित नोवेल अस्पतालमा उपचार भइरहेको स्थानीय छिमेकि निर्मल भट्टराईले जानकारी गराउनु भएको छ मृत्यु के कति कारणले भएको हो भन्ने अहिले सम्म पत्तालागेकोछैन कसैले हत्या गरेका हुन् वा आफै ले आत्माहत्या गरेको हो भन्नेकेही खबर छैन् घरमा शव आउँछ भनेर प्रतिक्षा गर्ने सबै आफन्तजनका आँशुसकिएका छन्
तर समून्द्रपारिबाट कुनै खबर आएको छैन् मृत्युको खबरले शोकाकुल भएको कार्की परिवार यतिबेला शवकुरेर पिढिमा बसिरहेका छन भने उता श्रीमती अर्ध चेत अवस्थामा हस्पिटलमा छटपटाइ रहेकी छन् कार्की परिवार लगाएत सम्पूर्ण नगरबासीले कार्कीको शव चाडोभन्दा चाडो नेपाल पठाई दिनहुन कतार को एम्बेसी लगाएत सम्पूर्ण देश विदेशमा रहेका संघ संस्था संग पहल गर्दिनु हुन् अनुरोध गर्नु भएको छ |
Views: 0