उपत्यकाका जुकसुकैं समयमा ठुलो विस्फोट हुने खतरा बढ्यो !

२०७५ चैत्र ११, सोमबार १२:४५ गते २०७५ चैत्र ११, सोमबार १२:४५ गते २०७५ चैत्र ११, सोमबार १२:४५ गते

काठमाडौँ । काठमाडौंमा रहेका पेट्रोलियम पर्दाथ विष्फोटको समस्या उच्च देखिएको छ । जावलाखेल–पुल्चोक सडक खण्डमा पर्ने ‘एसपी इन्टरनेसनल इन्क’ पेट्रोल पम्प पनि सडक किनारमै छ ।

नजिकै ‘युडी मोर्डन डिजाइन मोटरसाइकल वर्कसप’ छ । पम्पको माथिबाट बिजुलीको लाइन तानिएको छ । खुला सडकमा पेट्रोलियम पदार्थको कारोबार गरिरहेको एसपी इन्टरनेसनल इन्कको पम्पमा कसैबाट नियतवश वा भूलवश हुनसक्ने असावधानीले ठूलो क्षति निम्तिने खतरा उच्च छ ।


किनकि यहाँ तारबार गरेको ‘कपाउन्ड’ छैन भने सुरक्षा गार्ड पनि छैनन् । पुल्चोकको साझा पेट्रोल पम्पले तारबारको व्यवस्था गरेर अनावश्यक व्यक्तिको प्रवेशलाई रोक त लगाएको छ तर, नजिकैको विद्युत् ट्रान्सफर्मर र पम्पभन्दा माथिबाट तानिएको बिजुलीका तारले जोखिमयुक्त हुन दिएको छैन ।

ठूला सवारीसाधनको चाप बढी हुने बालाजु चक्रपथआसपास क्षेत्रमा हरेक एक किलोमिटर दूरीमा पेट्रोल पम्प छन् । ती त झनै असुरक्षित छन् । बाक्लो बस्ती बीचमा, मान्छेको भीडभाड भइरहने पार्टी प्यालेससँगै जोडेर यी पम्पहरु सञ्चालनमा छन् । आजको नागरिक दैनिकबाट

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed