मलेशियन नागरिकको कुटपीटबाट धादिङ मैदीका मर्कुस तामाङको मलेशियामा निधन

२०७५ चैत्र १३, बुधबार १२:०७ गते २०७५ चैत्र १३, बुधबार १२:०७ गते २०७५ चैत्र १३, बुधबार १२:०७ गते

काठमाडौं, १३ चैत्र । मलेशियन नागरिकको कुटाईबाट धादिङको ज्वालामुखि गाउँपालिका २ मैदी स्थायी घर भएका एक युवकको मृत्यु भएको छ ।ज्वालामुखि २ मैदी काफलपानीका मर्कुस तामाङको मृत्यु भएको हो । रोजगारीको शिलशिलामा ५ वर्षअघि मलेशिया गएका तामाङलाई मलेशियन नागरिकले शुक्रबार राती कुटपीट गरेका थिए ।

कुटपीटपछि भाग्ने क्रममा तामाङ घाईते भएका थिए । घाइते तामाङलाई उपचारका लागि स्थानियबासीले एम्बुलेन्स मगाएका थिए ।
उनको मलेशियास्थित कोलालाम्पुर अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो ।र याे पनि भैरहवामा अब २५ रुपैयाँमै खाना !

१३ चैत, बुटवल । एक छाक शाकाहारी खानाको मूल्य कति पर्छ ? सामान्य होटलमा न्यूनतम एक सय रुपैयाँदेखि तारे होटलमा अधिकतम एकहजार रुपैयाँसम्म । यदि कसैले २५ रुपैयाँमै शुद्ध शाकाहारी खाना दिन्छु भन्यो भने धेरैलाई पत्याउन मुश्किल पर्छ । तर, भैरहवामा एकजना व्यवसायीले यस्तै अपत्यारिलो कामको शुरुवात गर्दैछन् ।पेशाले कन्स्ट्रक्सन इन्जिनियर रहेका मारवाडी समुदायका रविकुमार रौनियारले आफ्नी स्वर्गीय आमा मायादेवीको सम्झनामा श्रमिक र निम्न आय भएका वर्गलाई लक्षित गरी बिहानको एक छाक शुद्ध शाकाहारी खाना २५ रुपैयाँमै उपलब्ध गराउन थालेका छन् । मायादेवी च्यारिटेबल फाउण्डेसनअन्तर्गत अन्नपूर्ण भोजनालयमार्फत आउँदो बैशाखदेखि रौनियारले यो कामको थालनी गर्न लागेका हुन् ।

खासगरी अस्पताल, सरकारी स्कूल र धेरै मजदुरहरुले काम गर्ने स्थानहरुमा फाउण्डेसनले मिनी ट्रकमार्फत घुम्ती सेवा शुरु गरेर खाना खुवाउने रौनियारले बताए । युनिभर्सल मेडिकल कलेज, भीम अस्पताल, रणअम्बिका आँखा अस्पताल, धेरै विद्यार्थी पढ्ने सरकारी स्कूलहरुमा यस्तो सेवा दिने उनको तयारी छ ।

‘अस्पताल, मजदुर, रिक्सा चालकहरु हुने ठाउँमा बिहान र सरकारी स्कूलहरुमा दिउँसो खाजा खाने समयमा सेवा दिन्छौं, जसले गर्दा न्यून आय भएका र विद्यार्थीलाई राहत मिलोस्,’ रौनियारले भने, ‘शुरुमा हप्तामा एक दिन पाँच सय जना सम्मलाई खाना खुवाउँछौं, तीन महिना पुग्दा सातै दिन सेवा दिन्छौं ।’

रवि कुमार रौनियार
कहिले दाल, भात, तरकारी, कहिले दाल, रोटी, तरकारी, कहिले खिर जस्ता शाकाहारी भोजन उपलब्ध गराउने उनले बताए ।

एक महिनामा १५ हजार जनालाई खाना खुवाउने गरी तयारी गरेको उनले बताए । शुरुवातमा एउटा ट्रकबाट घुम्ती सेवा दिने र भदौदेखि सिद्धार्थनगरका तीन वटा वडाका निश्चित ठाउँमा टेन्ट टाँगेर खाना खुवाउने उनले बताए । आवश्यकता र मागअनुसार भविष्यमा ५ वटा मिनी ट्रकमार्फत घुम्ती सेवालाई निरन्तरता दिने र सिद्धार्थनगरका सबै वडा हुँदै रुपन्देही जिल्लाभर सेवा विस्तार गर्ने लक्ष्य रहेको रौनियार बताउँछन् । खाना पकाउन १० जना र बाँड्न १० जना गरी २० जना जनशक्ति व्यवस्थापन भइसकेको रौनियारले जानकारी दिए ।

बजार मूल्यभन्दा निकै सस्तो दरमा खाना खुवाउन कसरी सम्भव भयो त भन्ने प्रश्नमा रविले आफ्नी स्वर्गीय आमा मायादेवीको प्रेरणा र हालै पर्यटन मन्त्री रविन्द्र अधिकारीको अल्पायूमै निधन भएपछि मरेर लानु के नै रहेछ र भन्ने चेत खुलेर यो कामको थालनी गरेको खुलाए । ‘निधन हुने बेला आमाले मेरो पैसाले गरीब दुःखीका लागि केही राम्रो काम गर्नू भनेर जानु भएको थियो, एउटा त्यही प्रेरणा हो, अर्को युवा उमेरमै पर्यटनमन्त्री रविन्द्र अधिकारीको अकल्पनीय निधन भएपछि समाजका लागि केही गर्नु छ भने भविष्यलाई साँचेर राख्न हुन्न भन्ने भयो र शुरु गरें,’ रौनियारले भने ।

२०६७ सालमा आमा निधन हुँदा उनको नामको २५ लाख रुपैयाँ बैंकमा जम्मा गरेका रविले हरेक वर्ष आफ्नो कमाइको ५ लाख रुपैयाँ थप्दै गएपछि अहिले करिब ६० लाख रकम पुगेको बताए । उक्त रकम मायादेवी च्यारिटेबल फाउण्डेसनको नाममा राखेर त्यसैबाट २५ रुपैयाँमा खाना खुवाउने योजना बनेको उनले बताए ।

‘एक छाक गुणस्तरीय शाकाहारी खानाको लागत कम्तीमा करिब ५० रुपैयाँ पर्दोरहेछ,’ रौनियारले भने, ‘खाना खानेहरुबाट २५ रुपैयाँ लिन्छौं, बाँकी २५ रुपैयाँ फाउण्डेसनबाट खर्च गर्छौं ।’

यसरी सस्तोमा खाना खुवाउने कामको शुरुवात गर्न भारतको दिल्ली र गुजरातमा पुगेर अध्ययन गर्नुका साथै दुई वर्षको तयारी गरेको रौनियारले बताए । यो अभियानलाई निरन्तरता दिन उनले कसैबाट नगद सहयोग नलिने बताएका छन् । उद्योगी, व्यवसायी वा संघसंस्थाले स्वेच्छाले खाद्यान्न, दलहन, तेलहन जस्ता जिन्सी दिएमा भने लिन सकिने उनले प्रष्ट पारे ।

२५ रुपैयाँ मूल्यको खाना रिक्सा मजदुर वा अस्पतालमा आएका गरीब परिवारका सदस्यले मात्र हैन जुनसुकै वर्गकाले पनि खान पाउने छन् । ‘कार चढेर आउने व्यक्तिले पनि हाम्रो सेवा लिन सक्छन् र उनीहरुले यो अभियानमा स्वेच्छिक जिन्सी सहयोग गर्न सक्छन्,’ रौनियारले खुलाए ।

उनले भैरहवाका सबै सामुदायिक विद्यालयमा छात्राहरुका लागि निःशुल्क सेनेटरी प्याड उपलब्ध गराउने तयारी पनि गरेका छन् । ‘समाजमा प्रशस्त धन कमाएका धनी र सम्पन्न व्यक्ति थुप्रै हुनुहुन्छ तर आफूभन्दा कमजोर वर्गको खुशीका लागि केही योगदान गर्न सकिएन भने त्यो धनको अर्थ हुँदैन,’ रौनियारले भने, ‘अरुलाई जति खुशी दिन सक्छौं हामी त्यति बढी खुशी हुन सक्छौं ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *