जुवाडे श्रीमानको घिनलाग्दो कर्तुत : जुवामा हारेपछि सुम्पिदिए आफ्नै पत्नी

२०७५ चैत्र १४, बिहीबार १२:०० गते २०७५ चैत्र १४, बिहीबार १२:०० गते २०७५ चैत्र १४, बिहीबार १२:०० गते

ओडिसाको बालेश्‍वर जिल्‍लामा एउटा यस्तो अनौठो घटना भयो जहाँ एउटा पतिले आफ्‍नी पत्‍‍नीलाई जुवामा हार्नु परेको छ।ओडिसा प्रहरीका अनुसार उसले आफ्‍नी पत्‍नीलाई जुवामा जित्‍नेलाई सुम्पिदिएका थिए भने जित्‍ने व्‍यक्तिले पतिकै सामुन्नेमा ती महिलालाई बलात्कार गरेका थिए।महिलाको बलात्कारपछि उनले प्रहरीमा आफू बलात्कृत भएको उजुरी दर्ता गराएकी छिन्। यसपछि उनको पति र जुवा जित्‍ने व्‍यक्ति नै फरार भएका छन्।

पहिला बलात्कार, पछि मात्रै बाजी जितेको आभास

ती प्रहरीले भनेका छन्, ‘पीडित महिलालाई मेडिकल जाँचका लागि बालेश्‍वर पठाइएको छ। साथै दुवै अभियुक्तलाई पक्राउको लागि खोजी कार्य भइरहेको छ।’

अभियुक्तविद्ध बलात्कारका साथै अरु पनि थुप्रै धाराका महलहरु दर्ता गरिएको छ।

बीबीसीले गरेका कुराकानीमा पीडितले भनेकी छिन्, ‘गत २३ तारिखको राति मेरो पतिले करीब ११ बजे घर आए र आफूसँग हिँड्‍न भने। मैले उनीसँग कहाँ जानु पर्ने भनेर सोध्‍दा उनले कुनै जवाफ नै दिएन्।’

‘मलाई जबरजस्ती गाउँभन्दा बाहिर लगियो जहाँ उसको साथी पहिल्‍यैदेखि त्‍यहाँ उपस्थित थिए। म उसलाई दाइ भनेर बोलाउँछु। त्‍यहीँ मेरो हात समातेर आफूतिर तान्‍न थाल्‍यो। मैले विरोध गरेँ। तर स्वयम् मेरो पतिले नै मेरो सारी निकालेर उसलाई जिम्‍मा लगाइदियो।’पीडितले आँसु पुछ्दै भनिन्, ‘जुवा जित्‍ने व्यक्तिले मलाई केही पर लग्योर मसँग जबरजस्ती बलात्कार गर्‍यो। मलाई पछि थाहा भयो कि मलाई मेरो पतिले जुवामा हारेको रहेछ।’

पहिला पुलिसले यस्तो उजुरी दर्ता गर्न मानेनन्अघिल्लो दिन बिहान पीडितकी छोरीले आफ्नो आमापट्टिको हजुरबुवालाई पुरै घटना सुनाइन्। उनी आफ्नो छोरालाई लिएर ससुराली पुगे।पीडित महिलाकी बुवाले भने, ‘हामीले जब सम्धि र ज्वाइसँग उक्त घटनाबारे बताउँदा उनीहरुले यसबारेमा केही थाहा नभएको जानकारी दिए। यसपछि मैले गाउँको मुखियाँसँग कुरा गरेँ।’उनले अगाडि भन्‍दै गइन्, ‘उसले अन्‍य अरु गाउँका भलाद्‍मीसँग कुरा गरे र दुई दिनको समय दिए। बाध्‍यता भएर उसले आफ्‍नो छोरी र उसको दुई नातिनातिनालाई लिएर गाउँ फर्किएँ।’‘मे को २७ तारिखमा स्थानीय थानामा हामीले रिपोर्ट पेश गर्‍यौ। तर प्रहरीले उजुरी दर्ता गर्नुको साट्टो उल्‍टै हामीलाई छोरीको पतिसँग मिलेर बस्‍नु भन्‍ने सल्लाह दिए। बुधबार हामी जब एसपीसँग भेट्‍यौ अनि मात्र हाम्रो उजुरी दर्ता भयो,’ पीडितको बुवाले भने।

लाचार बुवा

थाना प्रहरीले नै पीडीतको पितामाथि आरोप लगाउँदै उक्त दर्ता खारेज गरिदियो। उनले भने, ‘म आफै छुट्टीमा थिएँ। फर्किएर आउँदा मात्रै थाहा भयो कि दुवै पक्ष आपसमा मिलिसकेका रहेछन्। तर जब एसपीले आदेश दिए, उनीहरुले तत्कार मुद्दा दर्ता छानबिन सुरु गरे।’

पीडित महिलाको बुवाको आरोप छ कि मुद्दा दर्तापछि पनि प्रहरीले उसलाई दु:ख दिइ नै रहेको छ। उनी भन्छन्, ‘आज पनि हामीले प्रहरी चौकीमा तीन देखि चार घण्टा बसाए। मेरो छोरीसँग गलत प्रश्‍न सोध्‍यो। मानौ दोषी उसको पति नभइ उनी स्वयम् नै हुन।’

यति भइसक्‍दा पनि पीडित बुवाले रुनु बाहेक अर्को कुनै विकल्‍प अपनाउन सकेका छैनन्। उनी न्‍यायको लागि भगवानसँग प्रार्थना गरिरहन्छन्।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *