भारतिय दादागिरी बिरुद्ध एकजुट होऔं, भारतले नेपाली सीमा मिचेर दशगजा क्षेत्रमा बनाउँदै गरेको सडक निमार्ण नेपालले रोक्यो

२०७५ चैत्र १४, बिहीबार १२:०३ गते २०७५ चैत्र १४, बिहीबार १२:०३ गते २०७५ चैत्र १४, बिहीबार १२:०३ गते

कैलाली । कहिले सडक विस्तारको नाममा त कहिले अरु कुनैं बहानामा भारतले नेपाली सीमा मिच्ने गरेको छ । धेरैं समय सफल भएपनि कतिपय अवस्थामा सीमाना मिच्ने भारतीय प्रयास असफल हुने गरेको छ । यस्तैं, कन्चनपुरस्थित दशगजा क्षेत्रनजिक भारतीय पक्षले एकलौटीरुपमा ‘ट्रेन्च’ खन्ने कार्य सुरु गरेपछि नेपाली पक्षले उक्त कार्यमा रोक लगाएको छ ।पुनर्वास नगरपालिका–११ स्थित डोकेबजार क्षेत्रतर्फ नेपाली पक्षसँग समन्वय नै नगरी धमाधम डोजर लगाएर ट्रेन्च निर्माणको कार्य सुरु गरेपछि काममा रोक लगाइएको हो । अन्तर्राष्ट्रिय मान्यताअनुसार दुई देशको सीमानजिक कुनै मुलुकलाई प्रभाव गर्नेगरी कुनैपनि संरचना बनाउन पाइँदैन । तर, यसको मान्यताविपरीत भारतीय पक्षले कन्चनपुरको पुनर्वासमा तारबार गर्ने पनि तयारी गरेको छ ।

भारतले ट्रेन्च बनाउनेबारे कैलाली र कन्चनपुर प्रशासनलाई जानकारी नगराएरै काम सुरु गरेको हो । गौरीफन्टा सीमानाकानजिकको पिल्लर नम्बर १७१ र १७२ को बीचमा भारतीय पक्षले यस्तो कार्य अगाडि बढाएको हो । अवैध तस्करी र आपराधिक क्रियाकलाप रोक्ने उद्देश्यले दुई किलोमिटर क्षेत्रमा ट्रेन्च बनाएर तारबार गर्ने तयारी गरको भारतीय सीमा सुरक्षा बलका अभय यादवको भनाइ छ ।

कन्चनपुरको पुनर्वास क्षेत्रमा सीमाको सवालमा पटक–पटक विवाद हुँदै आइरहेको छ । अपराध नियन्त्रणको बहाना बनाएपनि यसको भित्री उद्देश्य सीमा मिच्नु नै रहेको डोकेबजारका स्थानीयले दाबी गरे । भारतीय पक्षले एकतर्फीरुपमा ट्रेन्च निर्माण र तारबार गर्ने कार्य सुरु गरेपछि कैलालीका प्रमुख जिल्ला अधिकारीको निर्देशनमा सशस्त्र प्रहरी बलले उक्त कार्यमा रोक लगाएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *