प्रियंका र आयुष्मानले सुटुक्क विवाह गरे !! चलचित्रकर्मी चकित

२०७५ चैत्र १४, बिहीबार १६:५९ गते २०७५ चैत्र १४, बिहीबार १६:५९ गते २०७५ चैत्र १४, बिहीबार १६:५९ गते

काठमाडौं– अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुश्मान देशराज जोशीले बिवाह गरेका छन् । केही समअगाडि इन्जगेजमेन्ट गरेका यो जोडीले अहिले रियल नभएर रिलका लागि विवाह गरेका हुन् । रियल विवाहको मिति भने उनीहरुको अहिले फिक्स भएको छैन । रिलका लागि भने उनीहरुले गायक सरोज ओली र मेलिना राईको ‘अर्को जुनी खै कुन्नी…’ गीतको भिडियोका लागि गरेका हुन् । औपचारिक बिहेको टुंगो नलाग्दै प्रियंका र आयुश्मानको चर्चित जोडीको बिवाह अहिले पर्दामा उतारिएको छ । भिडियोमा वैवाहिक कार्यका विविध दृश्यहरु समेटिएको छ । मेहन्दी,हल्दीदेखि विवाह मण्डपदेखि प्रियंकालाई डोलीमा चढाएर लगिएका दृष्य समेत म्यूजिक भिडियोमा समेटिएका छन् ।

दिनेश थपलियाको शब्द र दीपक शर्माको संगीत रहेको गीतको संगीत संयोजन उदयराज पौडेलले गरेका हुन् । कविराज गहतराजको निर्देशन रहेको म्यूजिक भिडियोको छायाँकन सञ्जय लामा, सम्पादन सन्देश शाह, मिक्सिङ श्याम स्वेत रसाइली र कलर संयोजन रेनिस फागोले गरेका हुन् । फिल्ममा प्रयोग हुने प्रविधिबाट पार्क भिलेज रिसोर्ट, काठमाडौं गेष्ट हाउसलगायतका स्थानका आकर्षक लोकेसनमा भिडियो छायाँकन गरिएको छ ।

 

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *