कहिलेकाहीँ आफ्नो नियन्त्रणभन्दा बाहिरको काम गर्दा आइपर्ने अप्ठेरोको सामना गर्नुपर्दा नेपाली समाजमा एउटा भनाइ छ भण्डै बाउको बिहे देखेको । कसैलाई बदनियतपूर्वक दुः ख दिन सकैको बाउको बिहे देखाइदिन्छु भन्ने पनि चलन छ । खासमा छोराछोरीले बाउको बिहे नदेख्ने र यो कार्य असम्भव भएकाले यस्तो भनाइ चलिआएको मानिन्छ । आमाको बिहेको बारेमा न कुनै उखान छ न कुनै भनाइ नै । हाम्रो समाजमा छोराछोरीले बाउआमाको बिहे अन्यत्र गरिदिने कुरा कल्पना पनि गर्न सकिँदैन ।
तर समाज बिस्तारै परिवर्तन भइरहेको छ । असम्भव लाग्ने कुरा पनि बिस्तारै सम्भव हुन थालेका छन् । छोराछोरीले बाउ आमाको बिहे गरिदिने कुरा पनि अब सामान्य लाग्न थालेको छ । हो यस्तै परिवर्तनको एउटा दृश्य सामाजिक सञ्जालमा निकै चर्चित बनेको छ । कोयरा नामक एक सामाजिक वेवसाइटमा मानिसहरु समाजका विभिन्न पक्षका बारेमा प्रश्न सोध्छन् र त्यसको उत्तर खोज्छन् । यही वेवसाइटमा रहेको एउटा सवाल जवाफको अंश भने हामीलाई पत्याउन मुश्किल पर्छ । छोरीले आफ्नो बाबुको निधनपश्चात आफ्नी आमालाई जीवनसाथी खोजेर विवाह गरिदिएको घटनाको वर्णन निकै रोचक छ ।
छिमेकी मुलुक भारतको एक जना महिला संहिता अगैवालले आफ्नी आमाको दोस्रो बिहेको बारेमा कोयराको सवाल जवाफमा गर्वका साथ लेखेकी यो कथा कुनै चलचित्रको काल्पनिक दृश्य जस्तो लाग्छ । ‘आमा, दिदी र मलाई टुहुरो बनाएर मेरो बुवा दुई वर्ष पहिले परलोक हुनुभयो ५० वर्षको उमेरमा । दिदीको बिहेवारी भइसकेकाले उनी आफ्नै परिवारमा रमाउन थालिन् । म र आमा निकै पीडाका साथ दिनहरु बिताउन थाल्यौँ । मलाई भन्दा पनि पिताको निधनले आमालाई निकै पीडा भएको थियो । उहाँ हरेक समष् टोलाउने, पिताको तस्बिर हेरेर घण्टौँसम्म बस्ते, पिताले लगाउने कपडाहरु बारम्बार सुम्सुमाउने गर्न लाग्नुभएको थियो । म कामकाजी महिला भएकाले दिउँसोको समयमा बाहिर रहने गर्थेँ । दिनभर आमा बुवाकै सम्झनामा हराउने गरेको कुरा छिमेकीबाट थाह पाएँ । मलाई कामको सिलसिलामा एक दुई हप्तासम्म बाहिर बस्नुपर्ने भयो । यस्तो अवस्थामा मलाई आमाको त्यो अवस्थाले सताइरहन्थ्यो ।
म बिदा मिलाएर आमालाई भेट्न हप्तामा एक दुई दिन आउने गर्थे । मैले आमासमक्ष जागिर छाड्ने कुरा गरेँ । उहाँले मलाई जागिर नछाड् म आफ्नोृ ख्याल राख्न सक्छु भन्नुहुन्थ्यो, तर अवस्था आमाले भनेजस्तो सहज थिएन । कामकै सिलसिलामा म अर्कै सहर जानुपर्ने भएपछि भने मलाई आमाको ठूलो चिन्ता लाग्न थाल्यो । उहाँलाई सधैँसँगै रहने एकजना साथीको आवश्यकता महसुस गरेँ र मैले मेट्रोमोनी वेवसाइडमा एउटा अकाउन्ट बनाएर आमाको परिचय र तस्बिर राखी सम्पर्कका लागि मेरो आफ्नो नम्बर दिएँ । मेरो नम्बरमा निकै मानिसको फोन आउन थाल्यो । यस्तैमा आमाको उमेर सुहाउँदो र सरकारी जागिर भएको एकजना मानिससँग मेरो कुराकानी भयो । जोसँग मेरो कुरा भयो मेरो आमाका लागि उपयुक्त वर थियो । उहाँसँग कुरा त मिल्यो तर मलाई मेरो आमालाई मनाउने हम्मे थियो । मैले आमासमक्ष कुरा राखेँ । तर उहाँ मान्नु भएन । बाँकीको जीन्दगी एक्लै बिताउने प्रण गर्नुभएको मेरी आमा कसैगरे पनि मान्ने अवस्था देखिन । मैले कोसिस जारी राखेँ किनभने म मेरी आमालाई दुःखी देख्न सक्दैनथेँ । आमालाई बारम्बार भन्ने गरेँ उमेर हुँदा त ठिकै छ, चल्ला भोलि सत्तरी असी वर्षको उमेरमा गाह्रो हुन्छ ।
समाजका मान्छेले सधैँ आएर तपाईलाई स्याहादैनन् म पनि सधैँ आमासँग रहन सक्दिन । निकै सम्झाएँ । मेरो प्रयास सफल भयो । आमा मान्नु भयो । मैले खोजेको मेरो बुवामा पनि उहाँले बुवाकै स्वरुप देख्नुभयो । केही समय पहिले मेरो आमाको बिहे भयो । बुवाको परिवारले पनि आमालाई सहर्ष स्वीकार गरेपछि म सफल भएको ठानेँ । आमा पनि खुशी देख्दा म आफूलाई स्वर्गै जितेको जस्तो लागेको छ । समाजले मलाई जे भनोस् तर मैले गर्वलगायक काम गरेँ भन्ने मलाई लागेको छ ।’ यो कथा भारतमा मात्र होइन विश्वभरका करोडौँ मानिसले पढेका तथा यसका केही अंशलाई ट्वीट गरेका छन् भने कतिपय अनलाइनले यो कथालाई प्रमुख समाचार पनि बनाएका छन् । कसैले राम्रो प्रतिक्रिया पनि दिएका छन् र केहीले आलोचना पनि गरेका छन् ।
एउटा दुखद मन छुने सत्य प्रेमकथा: जसले रुवाउने छ तपाईलाई, दुईमिनेट समय निकालेर अवश्य पढ्नुहोला
“कसो-कसो एकदिन फेसबुकमा”find friend”तिर नजर लाउन मन लाग्यो।त्यहा धेरै थरीका”आईडीहरु थिए।।त्यसै बिच म पनी हेर्दै थिए”खोई कसरी मेरो नजर तिम्रो फोटो तिर गयो।
त्यहा एउटा छुट्टै आईडी थियो।हतपत गएर,त्यो आईडी चियाए”त्यहा तिम्रो फोटो देखे।।सायद पुरानो आईडी होला भन्दै”त्यस भित्र फोटो हेर्दै गए,तर अपसोच त्यो पुरानो आईडी नभएर”कसै सँग बोल्ने गोप्य आईडी थियो।
मनले मानेन,सोचेको थिए,नसोधौ,आखिर कति दिन झुट बोल्दो रैछ।।तर मनले मानेन”फोन गरे,उठाएन।पछि”I am bg cal back letter”भन्दै मेसेज आयो।।
मैले धेरै फोन गरे तर उम”फोन बरु अफ भयो।।मेसेज गरे”हजुर कति झुटो है भन्दै”।।त्यो दिनभर मलाई शरिरमा कुनै फुर्तिपन आएन।फेरि आउछ पनी कसरी”जब हरेक कुरामा आफ्नोपन देखाउथियो”माया गर्छु,तिमी नपाए मर्छु भन्थियो।त्यस्तो बेलुका”9बजे उस्ले फोन गर्यो।मैले रिसले बोलीदिए”म पहिला पनी उस्ले फोन गर्दा”अलिक रिसाए झै गर्थिए तर त्यो बेला साच्चै नै म आक्रोस थिए।।
उस्ले”के झुटो भन्दै मेसेज गरेकी भनेर सोध्यो”मैले सबै कुरा भने।।तर उ त मजाक गर्दै बोल्यो।।मलाई सम्झाउदै के-के भन्यो।।म पनी उसैको कुरा सहमत जनाउदै गए। म प्रत्येक दिन”त्यो आईडी सर्ज गर्दै हेर्थिए”एकदिन मैले आफै”request”गरे।।एकैछिनमा”accept”भयो।।मैले उही नै होला भन्दै”राजा भन्दै मेसेज गरे तर उता बाट”सरी को हो भनेर मेसेज आयो।।
मैले उ जिस्किएको हो कि भन्दै”हजुरको बुढी भने तर फेरि उस्ले मलाई पागल हो भन्यो।।मलाई रिस उठ्यो।।को हो भनेर सोधे। –उस्ले म”आरती भनेर मेसेज आयो। मलाई त्यो बेला पनी उसैले मलाई सताई रहेको छ झै लाग्यो तर उस्को त्यो लेखाई नै भिन्न थियो।।मैले को हो तिमी?प्रोफाईलमा भएको मान्छे को हो भने?
–उस्ले लामो मेसेज गर्दैथिई।।
म पर्खी रहे,उ अनलाईन थिएन,सायद उही होला भन्ने भयो।।एकछिन पछि मेसेज आयो।। –ए ए उ मेरो बोईफेण्ड हो,किन र?
–मलाई अहिले पनी उही जस्तो लागेर,मजाक गर्दै!अरे कस्ती पागल रैछे,मेरो उस्लाई अनेक भन्छे भन्दै मेसेज गरे। –हो र!उ त मेरो बुढो हो नी भन्दै”लभवाला इमो पठाए। –एकछिन पछि आतिए झै”सरी मैले हजुरको कुरा बुझीन?उस्को बिहे भाको छ र?
मलाई अब पुरा सक हुदै थियो।।मैले उसैलाई सबै सोधे”उस्को घर धरान रे।आरती मल्ल रैछ।मनमा पिर भए नी जान्न मन लाग्यो।सोधे कसरी चिनेउ,कति भयो लभ परेको?
–जब उस्का कुराहरु सुने तब मलाई पुरै उ प्रति रिस उठ्यो,कस्तो फल्ट मान्छे रैछ।।म सँग सम्बन्धमा रहदा पनी अरु सगै नजिक रैछ।।
–उ भन्दै थिई।दिदि म उस्लाई धेरै माया गर्छु”मलाई थाहा थिएन,उ यस्तो मान्छे हो भन्ने,हामी बिच सबै कुरा सियर भाको छ।।पिल्ज हजुर उस्को जिबन देखी टाढा गईदिनु”सायद उस्ले मलाई अब छाड्छ होला।
यो आईडी पनी उसैले बनाईदिएको हो।।आजभोलि उ परिबर्तन हुदै गाको छ।।किन भन्दा बिजी छु भन्छ।।यस्तो भन्दैथिई”बिचरा”कति कमजोर हुन्छन छोरी मान्छे”कोही कसैलाई पाउन आफ्नो शरिर दिन्छन तर उनीहरुले कुनै मजा लुटीरहेको हुन्छन।।
“म पनी त उस्की प्रेमीका,म पनी माया गर्थिए,प्रेम गर्थिए तर अब यस्को के अर्थ।जब कोही उस्की प्रेमीका सँग”उही माग्छ भने म के भनौ।।म केही बोल्नै सकिन,उ मेसेज गर्दैथिन,म एक पछि अर्को पढ्दैथिए।।एक्कासी उसैको फोन आयो”पहिला त सोचे”फोन नउठाउ तर गद्दार सँग टाढै रहे पनी”मनका कुरा भन्छौ भन्दै बोले।
“उ के छ”काली भन्दै थियो।।मैले सबै कुरा भनिदिए”रुदै”मन आफै रुने रैछ जति कन्टोल गरे पनी।।मैले सबै कुरा भनेर”सहन सकिन फोन राखे।।तब उस्ले मेसेज गर्यो।
”सरी पिल्ज।।हो मेरो गल्ती छ तर यो सबै अन्जानमा भयो।म तिमीलाई सबै भन्छु भन्दैथिए।।तर मौका पाईन।।लभ यु।।म तिमीलाई माया गर्छु”उ त मेरो जस्ट टाईम पास थिई।।
यस्तै भन्दै थियो।।कति सजिलै भन्छ है”टाईमपास रे”आखिर मैले उस्लाई बोल्नको लागी जति बिजी भए पनी समय दिएकै थिए।।कसैको जिबनमा आएर”उसैको शरिर स्पर्ष गरेर उ भन्दै थियो”यो सबै गल्ति भयो,अन्जानमा भयो तर यही पिडा मलाई भएको भए के हुन्थियो।
सुनेको थिए”छोरी मान्छेको ईज्जत भनेको माडोको भाडो हो रे”भोडे पछि सकियो।बिचरा”उस्ले पनी बिश्वासको साथ माया गरेकी थिई होली।यस्तै सोचे”रात भर।
–भोली पल्ट”उठ्ने बितिकै मेसेज गरिदिए उसैलाई।।
–सरी”म तिम्रो हुन सक्दिन।।तिमी यति सम्म गर्छौ भन्ने थाहा थिएन।।म कसैको बोझ हुन चाहान्न।।।कसैको मन सँग खेल्नु,उसेको शरिर छुनु त्यो तिम्रो गल्ती,अन्जान होला तर म त्यसलाई यो मान्दिन कि तिम्रो हरेक मोजमा म तिमीलाई सरी दिउ।
त्यसैले अब बाट मलाई फोन नगर भन्दै मेसेज गरे।।उस्ले फोन गर्दैथियो।।मैले मोवाईल”अफ पारीदिए।।अझ सिमै फेरिदिए।।फेसबुकमा कुनै दिन बोलिन”बरु मेसेज हेर्दै मौन बसीदे।।
पछि-पछि उ खोई!कता हराउदै गयो”कुनै खोजी भएन उस्को।।तर आज एक्कासी”उस्को साथीले”ओई भनेर बोलायो।मैले नरमका साथ”हजुर भनीदिए।।तर मैले जुन कुरा सुने त्यो कुरा साच्चै नै सपना हुनु नी झै भयो”आँखा बाट तरररररर”आँशु झरे”डाको छोडेर रुदै भने”सरी पिल्ज सरी”तिमी मलाई छाडेर नजाऊ।
म तिम्रो नजिक थिईन तर मन तिमी सगै थियो,भन्दै रुए।।।मैले आफुलाई सम्हाल्न सकिन”चिच्याएर रोए।।मेरो यो रुवाई देखेर”दिदि आएर मलाई के भयो भन्दैथिन”तर म त त्यही ढले छु।
पछि होस आउछ”म नजिकैको हस्पिटलमा थिए”आँखा बाट बगीरहेका थिए”उसैको सम्झनामा आँशु”मलाई आफु देखी नै रिस उठेको थियो।मेरो छेउमा मेरा परिवार सबै थिए।।”मलाई सिलेन दिईराको थियो।
म जुरुक्क उठेर”बाहिर जान खोजे तर सबैले मलाई प्रश्न गरे”के भयो?किन यसरी रुएकी।मैले जिद्दीका साथ”डाक्डरलाई भनेर”त्यो सिलेन नलगाउनु भने।
मेरो जिद्दीले उस्ले मेरो हातमा भएको”सुई झिक्यो”रगत बग्दैथियो तर कुनै मतलब थिएन”घर गएर”रुदै उस्को मेसेज हेरे”मर्न मन थियो”फेरि मलाई यो सुख भन्दा”त्यो मसानघाट नै प्यारो थियो”जहा उस्लाई पाउथिए”मरौ की झै लाग्यो तर म मरे पछि मेरा परिवार कसरी रहन्छन।।
म रोईरहे”मेसेज हेर्दैथिए। तब कलेज पढ्ने”साथीले फोन गरी”बोल्न मन थिएन”तर धरै पटक गरी”रुदै बोले”उस्ले पनी सम्झाउदैथिई रोएर केही हुन्न उ अब तेरो आँशु पछ्न पनी आउने छैन “बरु उस्को अन्तिम पटक मरे कै शरिर भए पनी हेर्न चाहान्छेस भने”उस्को घर जा।।तर म सँग यो सबै”सहने क्षमता थिएन।
कसरी म उस्को मृत्तक शरिर हेर्न सक्छु”म त पागल हुन्छु।।मैले फोन राखीदिए”हे भगवान किन यस्तो गरेउ”कती घात गर्छौ तिमी पनी भन्दै रोए।
उस्को प्रोफाईल हेरे”त्यहा उस्ले एउटा स्टाटस लेखेको रैछ”रुदै पढे”लेखीएको थियो। -धेरै दिक्क नमान मेरै कारण,
यदि यसै गर्दै गयौ भने सहन सक्ने आट छैन मलाई”त्यागी दिन्छु तिमी बिनाको यो संसार ।मलाई झनै रुवायो”मेसेज हेरे”कति झुकीरहेको थियो म सामु”उस्को अन्तिम मेसेज हेरे।।त्यहा लेखिएको थियो।
–मेरो हरेक गल्ति माफ गर्दिने तिमी पिल्ज यो पनी माफ गर्देऊ।म तिमीलाई चाहान्छु।।हो!मैले अन्जानमा”उस्लाई छोए,त्यो रात गल्ती पनी भयो तर मैले जानेर हैन”तर तिमी यसै गरि टाडिएर गयौ भने सोच”तिमी बिनाको यो जिबन नै म त्यगी दिने छु।
–उस्का हरेक मेसेजले म पागल सरी बन्दै गए,रुदै गए,चिच्याएर भने”पिल्छ एक पटक मेरै सामु आएर भनिदेउन”मैले मजाक गरेको हुँ भनेर”पिल्ज आइदेउन”म तिम्रै हुने छु।।
Views: 0