एजेन्सी, १४ चैत्र । कोलम्बियामा जेसी माउला परुज कु्रज नाम गरेकी एक महिलाले आफ्नो १० वर्षीय छोरासँगै पुलबाट हाम फालेर आत्महत्या गरेकी छिन् ।उनको छोराले हाम नफाल्नु ममी भन्दाभन्दै छोरासँगै ती महिलाले आत्माहत्या गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको हो ।
प्रहरीका अनुसार उनी आफ्नो १० वर्षे छोरा बोकेर आत्माहत्या गर्नको लागी उनकै टोलिस्थित ला भेरेन्टि पुलमा पुगेकी थिइन् । त्यसपछि प्रहरीले आमा र छोरा दुवैलाई बचाउनको लागी पुलमा पुगेका थिए । त्यस्तै उनको छोराले पनि आमालाई हाम नफाल्नु भनेर रुदै गुहार मागेको थियो । तर अन्तत ती महिलाले पुलबाट ३३० फिट गहिराइमा बच्चासँगै हाम फालेर मरेकी थिइन्। त्यसपछि प्रहरीले आत्माहत्याको कारण बारे अनुसन्धान गर्यो । त्यसपछि पत्ता लाग्यो कि ती ३२ वर्षीय महिला धेरै ऋणमा डुबेकी थिइन् । ऋणदाताले पैसा तिर्न नसकेपछि घरबाटै निकालिदियो । त्यसपछि उनले आत्माहत्या गरेकी हुन् ।
Views: 0