ओली सरकारले केहि गरेन भन्नेहरुलाई जवाफ, १७ अर्ब लगानीमा दहचोक सिस्नेखोला सुरुङमार्ग बन्ने, जेठमा शिलान्यास गरी तीन बर्ष भित्र सक्ने लक्ष्य///भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रघुवीर महासेठले दहचोक सिस्नेखोला सुरुङमार्ग जेठभित्र शिलान्यास हुने बताएका छ । मन्त्री महासेठले आज दहचोकदेखि सिस्नेखोला सुरुङको तयारीका बारेमा स्थलगत निरीक्षण गर्दै जेठभित्र सुरुङमार्ग शिलान्यास गरिने जानकारी दिए।
विसं २०७९ पुस मसान्तसम्म सम्पन्न हुने लक्ष्य राखिएको उक्त सुरुङमार्ग रु १७ अर्बको लगानीमा निर्माण हुन लागेको हो । मन्त्री महासेठले सुरुङ निर्माणका लागि जग्गा अधिग्रहणको कार्य सक्न स्थानीय तहलाई निर्देशनसमेतदिएका छन् । “कलङ्की–नागढुङ्गा सडकखण्ड पहिलेको तुलनामा सुधार आए पनि अबको केही महीनामा धुलोरहित बाटो बन्छ”, उनले भने ।
त्यस्तै उनले कलङ्की–खड्कागाउँ–कङ्काली गुम्बा हुँदै इन्द्रदल काजी कालुपाण्डे सडकको पनि निरीक्षण गरे । उक्त सडक रु १८ करोड २९ लाखमा निर्माण हुँदैछ । काठमाडौँ क्षेत्र नं ९ का सांसद कृष्णगोपाल श्रेष्ठले चन्द्रागिरि क्षेत्रलाई मुलुककै नमूना पर्यटकीयस्थल बनाउन लागिएको बताउँदै सांसद विकास कोषबाट आएको रकम चन्द्रागिरिको पर्यटकीय विकासका लागि खर्च गर्ने बताए । चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले समग्र विकासका लागि कार्ययोजना नीतिनियम र विकासप्रति जनतामा अपनत्व हुने गरी स्थानीय सरकारले काम गरिरहेको उल्लेख गरे ।
यो पनि पढ्नुस
मृगौला सफाई कसरी गर्ने ? थाहा पाउनुहोस घरेलु उपचार विधि
मृगौला खराब भएर बर्षेनी सैयौंले ज्यान गुमाउँछन् । मृगौला शरीरको यस्तो अंग हो, जसको अनुपस्थितीमा शरीरको कार्यसंचालन हुन सक्दैन । परिणामतः मृगौला रोग लागेपछि धेरैले अकालमा ज्यान गुमाउनुपर्छ ।
मृगौला शरीरको यस्तो फिल्टर हो, जसले रगतमा रहेको दुषित तत्व सफा गर्छ । मृगौला स्वस्थ्य राख्न सकियो भने नै शरीर निरोगी हुने हो । मृगौला कसरी स्वस्थ्य राख्ने त ? यसका केहि काइदा छन् । जस्तो कि, सक्रिय जीवनशैली, स्वस्थ्य खानपान, नियमित व्यायाम, पर्याप्त पानीको सेवन आदिले मृगौलालाई स्वस्थ्य राख्न सकिन्छ । त्यसबाहेक अर्को घरेलु विधी पनि छ, जसले प्रभावकारी रुपमा मृगौला सफा राख्ने काम गर्छ ।
मृगौला सफा गर्नका लागि धनिया राम्रो विकल्प हो । यो सजिलै र जहाँ पनि पाइन्छ । त्यो पनि सस्तो मूल्यमा ।
एक मुठ्ठी धनिया लिनुहोस् । त्यसलाई स-सना टुक्रा गर्नुहोस् । एक भाँडामा ९ लिटर पानी हालेर उक्त टुक्रा मिसाउनुहोस् । १० मिनेटसम्म त्यसलाई धिमा आँचमा पकाउनु पर्छ । अब यसलाई छानेर चिसो बनाउनुहोस् । यो पेयलाई तपाई हरेक विहान खाली पेटमा पिउनुहोस् । पिसाबको माध्यामबाट सबै दुषित तत्व बाहिर निस्कन्छ ।
यसमा थोरै ज्वानो हाल्नु भयो भने सुनमा सुगन्ध हुन्छ । यद्यपी यो उपाय स्वस्थ्य व्यक्तिले मात्र अपनाउन सक्छन् । मृगौला सम्बन्धी रोग लागिसकेका व्यक्तिले भने चिकित्सकको परामर्श लिनैपर्छ ।
?️मृगौला रोगीको डाइट चार्ट
के नखाने ?- मृगौला रोगीले मसलेदार, तारेको, बेकरी आइटम, नरिवल पानी, कोल्ड डि्रक सेवन गर्नु हुँदैन । साथै करेला, भिन्डी, बैगुन, पालक, मेथीको साग, मेवा, अंकुरित दाल, बेसन, पापड, अचार, बेकिङ पाउडर खान हुँदैन ।
?️कस्तो चिया पिउने ?
अदुवा र तुलसीको पात मिसाइएको चियामा थोरी मरिच, दालचिनी, सुकुमेल, अलैंची, तेजपत्ता, ज्वानो, ल्वाङको चूर्ण बनाएर बिहान बेलुकी पिउनुपर्छ । यसमा चिया भने हाल्नु हुँदैन ।
?️ खाना
सुख्खा रोटी सेवन गर्नुपर्छ । यसमा घिउ तथा तेल लगाइएको हुनुहुँदैन । मकै, जौंको सातु सेवन गर्न सकिन्छ । मुला, गाजर, सखरखण्ड जस्ता जमिन मुनी फल्ने र लौका, पत्ता गोभी, परवल जस्ता सब्जी उपयुक्त हुन्छ । कांक्रा, गाजर, मुला, प्याजको सलाद बनाएर सेवन गर्न सकिन्छ ।
?️ किन हुन्छ मृगौला खराब ?
– अस्वस्थ्यकर जीवनशैली ।
– कम पानी पिउनु ।
– धुमपान एवं मदिरापान
– लामो समय पिसाब च्यापेर बस्नु । बिहान उठ्नसाथ पिसाब नफेर्नु ।
– नुनको अधिक सेवन ।
– उच्च रक्तचापको उपचारमा लापरवाही ।
– धेरै मात्रामा पेन किलर लिन ।
तपार्इलार्इ यो पोष्ट कस्तो लाग्यो ? अवश्य कमेन्टमा लेख्नुहोला, मनपरेमा जानकारी शेयर गर्नुहोला । थप जानकारीको लागि हाम्रो फेसबुक पेज लाइक गर्नुहोला ।
Views: 0