एमर्जेन्सी भएका व्यक्तिलाई २४ घण्टामै लाइसेन्स दिइने : यातायात व्यवस्था विभाग

२०७५ चैत्र १५, शुक्रबार ११:१८ गते २०७५ चैत्र १५, शुक्रबार ११:१८ गते २०७५ चैत्र १५, शुक्रबार ११:१८ गते

यातायात व्यवस्था विभागले अत्यावश्यक सेवाको लागि २४घण्टामै सवारी चालक अनुमति पत्र(लाइसेन्स) उपलब्ध गराउने व्यवस्था मिलाएको छ। विभागले सूचना जारी गर्दै ‘नेपालबाट विदेश जाने, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीबाट मिसनमा जाने तथा अन्यको हकमा अत्यावश्यक भनी कार्यालय
बाट लेखि आएको पत्रको आधारमा छिटो स्मार्ट कार्ड प्रिन्ट गरी पाउँ’ भनी निवेदन माग भइ आएमा निवेदक दाताको स्मार्ट कार्ड निवेदन दिएको भोलि पल्टनै प्रिन्ट गरी वितरण गरिदिने जनाएको छ।

विगतमा यस्ता सेवा ८ देखि १० दिनमा उपलब्ध गराउने भएकोमा गुनासो आएको कारण सेवा चुस्त बनाएको यातायात व्यवस्था विभागका प्रवक्ता गोकर्ण प्रसाद उपाध्यायले जानकारी दिए। ‘हामी ३ महिनाभित्र सबै सेवाग्राहीलाई लाइसेन्सको प्रक्रिया पूरा गरेको १ हप्ताभित्र लाइसेन्स उपलब्ध गराउने तयारीमा छौं। त्यसको यो पहिलो चरण हो,’ उपाध्यायले सेतोपाटीसँग भने।

हाल प्रक्रिया पूरा गरेका करिब ४ लाख ५० हजार चालक रसिद कै भरमा सवारी चलाउन बाध्य छन्। यो ‘ब्याक लक’ हटाउन यातायात व्यवस्था विभागले एसियाली विकास बैंकको सहयोगमा एउटा मास प्रिन्टर र १० लाख कार्ड ल्याउन ठेक्का प्रक्रिया अगाडि बढाएको छ। बढीमा अबको डेढ महिनाभित्र मास प्रिन्टर सप्लाई हुने विभागले जनाएको छ।विभागले ल्याउन लागेको मास प्रिन्टरले एक घण्टामा ५ सय र दैनिक करिब १० हजारको हाराहारीमा लाइसेन्स प्रिन्ट गर्न सक्ने जनाएको छ। ‘मास प्रिन्टर आएपछि ३ देखि ४ महिनाभित्र ‘ब्याक लक’ हट्ने र त्यसपछि लाइसेन्सको प्रक्रिया पूरा गरेको हप्ता दिनमा सेवाग्राहीलाई लाइसेन्स दिन सकिने गरी हामी काम गर्छौं,’ उनले भने।

हाल विभागमा सातवटा मेसिनबाट दैनिक ३ हजार वटा लाइसेन्स छपाइ हुन्छ। हालसम्म करिब ८ लाख ५५ हजारले स्मार्ट कार्ड पाइसकेको विभागले जनाएको छ। त्यस्तै लाइसेन्स छाप्ने अधिकार प्रदेशमा गइसकेकाले अर्को आर्थिक वर्षदेखि प्रदेशबाट पनि छपाइ गर्ने तयारी भइरहेको उनले जानकारी दिए। सेतोपाटीबाट

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *