एक दिनमा एक किलो तौल कम गर्न चाहनुहुन्छ ? यस्तो छ डाइट प्लान

२०७५ चैत्र १५, शुक्रबार ११:३२ गते २०७५ चैत्र १५, शुक्रबार ११:३२ गते २०७५ चैत्र १५, शुक्रबार ११:३२ गते

काठमाडौं, भारतका आयुर्वेदिक एक्सपर्ट र १० वटाभन्दा बढी स्वास्थ्यसम्बन्धि किताब लेखिसकेका डा. अबरार मुल्तानीले यस्तो डाइट प्लानबारे जानकारी दिएका छन् जसले तपाईं एक दिनमा एक किलो भन्दा बढी तौल घटाउन सक्नुहुन्छ । यो डाइट प्लानमा तपाईंले दुईवटा खानेकुरा खानुपर्छ । पनिर र अण्डा ।यसका साथै ग्रिन टी पनि पिउनसक्नुहुन्छ । यो निकै सजिलो डाइट प्लान हो जसलाई जसले पनि फलो गर्न सक्छन् । यो डाइट प्लानमा भोको पनि बस्नुपर्दैन ।

डा. मुल्तानीका अनुसार यो एक हाई प्रोटिन र लो फ्याट कार्ब डाइट प्लान हो जसका कारण यसले शरिरको अतिरिक्त बोसो पगाल्न सहयोग गर्दछ ।नेकुरालाई पचाउन पनि शरिरको क्यालोरी खर्च हुन्छ जसले तौल कम गर्दछ । यदि तपाईंको पाचन क्रिया ठिक छ भने यो डाइटले तपाईंको १ देखि १.५ किलो तौल एकैदिनमा कम गरिदिन्छ । यो डाइटलाई महिनामा दुईपटक मात्र अनुसरण गर्न सकिन्छ ।याद रहोस्, सय ग्राम पनिरमा २ सय ६५ क्यालोरी हुन्छ र एउटा अण्डामा ७५ । यदि तपाईंलाई कुनै स्वास्थ्य समस्या छ भने यो डाइट प्लान फलो नगर्नुहोस् । ब्रेकफास्टमा तपाईंले दुई सय ग्राम पनिर खानुहोस् । काँचो पनिरलाई स्लाइस गरेर काट्नुहोस् र त्यसमा बिरे नुन, कागती र मरिच हालेर खानुहोस् ।

साथै तपाईंले ग्रिन टी पनि खानुपर्छ । यदि चाहनुहुन्छ भने कालो चिया पनि पिउन सक्नुहुन्छ ।लञ्चमा तपाईंले तीनवटा उमालेको अण्डा खानुपर्छ । यसलाई अचार वा नुनसँग खान सकिन्छ । योसँग पनि तपाईंले ग्रिन टी वा कालो चिया पिउनसक्नुहुन्छ । साँझको ब्रेकफास्टमा चिया र ब्रेकफास्टमा जति पनिर खानुभएको थियो त्यती नै खानुहोस् । तपाईंले पनिरको साटो टोफू पनि खानसक्नुहुन्छ । यसलाई पनि तपाईं अचार वा नुन मिसाएर खान सक्नुहुन्छ ।डिनरमा पुनः तीनवटा उमालेको अण्डा खानुहोस् । यो डाइट प्लानमा तपाईंले दुईवटा खानेकुरा खानुपर्छ । पनिर र अण्डा ।यसका साथै ग्रिन टी पनि पिउनसक्नुहुन्छ । यो निकै सजिलो डाइट प्लान हो जसलाई जसले पनि फलो गर्न सक्छन् । यो डाइट प्लानमा भोको पनि बस्नुपर्दैन ।यदि तपाईंलाई डाइट फलो गर्दा भोक लाग्यो भने तपाईं गोलभेडा र काँक्रोको सलाद पनि खान सक्नुहुन्छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *