काठमान्डौ । बढ्दो तौलवाट जो कोही पनि चिन्तित हुने गरेका छन् । यो चिन्तालाई कतिपयले समाधान गर्न एक्सरसाईज, जिम, योग वा डाईटिङको शरणमा जाने गर्छन् । यत्ति गरेको खण्डमा धेरैको तौल घट्ने पक्का पनि छ । तर मोटो शरीरलाई बढी अल्छि लाग्ने हुनाले पनि धेरै जनाले चाहेर पनि यो कार्य गर्न सक्दैनन् ।तौल घटाउने धेरै किसिमका उपायहरु रहेका छन् । जसमा आफ्नो शरीरको विभिन्न अंगका प्वाइन्टहरुलाई थिचेर तौल पनि नियन्त्रण गर्न सकिन्छ । यो चिकित्सा पद्धतिको विकास एक्युप्रेसर चिकित्सामा ब्यापक रुपमा लागू भएपनि सामान्य जानकारीमा तपाई हामीले पनि यो अभ्यासलाई घरमै नियमित गरेर आफ्नो तौललाई नियन्त्रण गर्न सक्छौ ।
पिडुलाको माथिल्लो भाग
पिडुला भन्दा माथि जहाँ खुट्टाको हड्डी तिघ्राको हड्डीमा गएर जोडिन्छ । त्यो भाग अर्थात् पिडुला तर्फवाट माथि लगेर एक मिनेट जस्तो हात र औलाको मद्धतले थिच्ने गर्नुपर्छ । यो कार्यले खाएको खानालाई राम्ररी पचाउन मद्धत गर्छ । यो कार्यले पनि तपाईलाई तौल घटाउन मद्धत गर्छ ।
कानको भाग
कानको अघिल्लो भागमा रहेको इयर केनलमा रहेको भागलाई औंलाले दैनिक ३ मिनेट थिचेर राख्ने । यो कार्यलाई नियमित गर्दा भोक कम लाग्ने गर्छ । जसको कारण तौल घटाउन धेरै मद्धत मिल्छ ।
हातको माथिल्लो भाग
हातको अघिल्लो भाग अर्थात् बुढी औंला र हातको पञ्जा मिल्ने भाग । यो केही उठेको हुन्छ । यो भागलाई नियमित रुपमा २ मिनेट थिच्ने गर्दा पनि तौल घटाउन यसले मद्धत गर्छ ।
नाभिको भाग
आफ्नो नाभि (नाईटो)को दायाँ र वायाँ दुई औंलाले प्रेसर दिएर थिच्ने त्यसपछि पिडुलाको माथिल्लो भागमा थिच्ने गर्नाले पाचन क्रियालाई राम्रो गरेर तौललाई नियन्त्रण गर्न मद्धत पुर्याउछ ।
कुहिनोको भाग
हातलाई फोल्ड गरेर छाति तर्फ लैजाने र कुहिनोको भागमा अर्को हातले करिव पाँच मिनेटसम्म थिच्ने । यस्तै गरेर अर्को हातले पनि अर्को कुहिनोको भागलाई थिच्दा पनि तौल नियन्त्रण गर्न मद्धत गर्छ ।
Views: 0