अष्ट्रेलिया – अष्ट्रेलियामा एक नेपालीको सवारी दुर्घटनामा मृत्यु भएको छ । सिड्नीबाट अल्बरीतर्फ गइरहेको गाडी बिहीबार दुर्घटना हुँदा एक नेपालीको मृत्यु भएको हो भने चार जना घाइते भएका हुन् ।
मृत्यु हुनेमा आर्यन आचार्य रहेका छन् । उनको दुर्घटना हुँदा घटनास्थलमै मृत्यु भएको हो । उक्त पाँच जना सवार कार दुर्घटनामा कारचालक गम्भीर घाइते भएका छन्
ह्युम हाइवेको मुलेनगन्ड्रा भन्ने ठाउँनजिक एउटा गाडी तीव्र गतिमा रूखसँग ठोक्किएर पल्टिएपछि सो दुर्घटना भएको अष्ट्रेलिया प्रहरीले जनाएको छ । त्यसैगरी पछिल्लो सिटमा सवार अभिषेक घिमिरे, रोशन भेटवाल र विज्ञान सुवेदीको उपचार अल्बरी अस्पतालमा भइरहेको अष्ट्रेलिया प्रहरीले जनाएको छ ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0