मैले छोरी सुहानालाई आफु हिडेको बाटोमा ल्याएकी छु । आजबाट तपाईहरु माझ छोड्दै छु ।’ आफ्नो बच्चा योग्य मानिस बनोस् भनेर एउटा अभिवावकले जसरी स्कूलमा लगेर दिनभरी छोड्छ त्यसै गरि आफुले पनि सुहनालाई यस क्षेत्रमा छोडेको उनको भनाई छ । झरनाले चलचित्र उद्योगमा सुहानालाई योग्य बनाउन सबैको साथ र आर्शिबादको खाँचो भएको जनाएकी छिन । चलचित्र हेरेपछि सुहानाको कामको तारिफ हुने झरनाको विश्वास छ ।
नायिकाको रुपमा कुनै बेला लामो समय सफलताका साथ राज गरेकी झरनाले छोरी सुहानाले पनि आफुले जस्तै दर्शकको मन जित्ने विश्वास लिइन । दर्शकको मन मुटुमा सुहाना बस्छीन भन्ने कुरा एउटी आमाको नभएर एउटा निर्देशकको आवाज भएको समेत उनको भनाई छ । यता निर्माता तथा सुहानाका बुबा सुनिल कुमार थापाले पनि उनलाई अब चलचित्र क्षेत्रमा सबैको साथ सहयोग र मायाका लागि छोडेको बताए । भिडियो हेर्नुहोस
Views: 0