मलेसियामा एक नेपालीले गरे सिलिङ्ग फ्यानमा झुन्डेर आत्महत्या , परिवारमा भयो रुवाबासी

२०७५ चैत्र १७, आईतवार १२:२६ गते २०७५ चैत्र १७, आईतवार १२:२६ गते २०७५ चैत्र १७, आईतवार १२:२६ गते

मलेसिया – मलेसियामा एक नेपालीले झुण्डिएर आत्महत्या गरेका छन् । मलेसियाको इपोहमा दुई बर्ष अगाडी मलेसिया आएका एक नेपालीले झुण्डिएर आत्महत्या गरेका हुन् ।आत्महत्या गर्नेमा धनकुटा जिल्ला घर भएका टंक बहादुर कार्की रहेका छन् । उनी इपोह स्थित एक नेपाली रेस्टुरेन्टमा कार्यरत रहेका थिए । हिजो राति ११ बजे काम सकाएर सुत्न गएका उनी करिब ७ बजेतिर नउठेपछि ढोका फुटाएर हेर्दा सिलिङ्ग फ्यानमा झुन्डेर मृत अबस्थामा फेला परेका थिए । सिलिङ्ग फ्यानमा झुन्डेर मृत अबस्थामा फेला परेपछी साथीहरुले तुरुन्त स्थानीय प्रहरी लाई खबर गरेका थिए । साथिहरुको अनुसार कार्की अविवाहित रहेको र केहिदिन देखि मानसिक तनावमा रहेको बताएका छन् । कार्कीको शवलाई पोस्टमार्टमको लागि इपोह स्थित राजा हस्पिटलमा राखिएको र आत्महत्या गरेको ठाउमा कुनैपनि शंकास्पद वस्तु नभेटिएको बताइएको छ ।

को बन्छ करोडपति : पहिलो प्रश्नमै लाईफलाईन प्रयोग गरेकी पुनमले जितिन् यतिधेरै रकम (भिडियो)

काठमाडौँ । नायक राजेश हमालले सञ्चालन गर्ने कार्यक्रम ‘को बन्छ करोडपति’ शनिबार, आइतबार र सोमबार एपीवान एचडीबाट प्रसारण हुन्छ।

कार्यक्रम एसआरबीएन मिडियाको सहप्रायोजन रहेको छ। कार्यक्रममा एसएमएसद्वारा प्रतियोगी छानिने र तीमध्ये १० जना प्रतियोगी फास्टेस्ट फिंगरको लागि चुनिनेछन्। यसरी चुनिएका १० जना कार्यक्रममा सहभागी भएर हट सिटको लागि प्रतिष्पर्धा गर्नेछन्। तीमध्ये छिटो उत्तर मिलाउने एक जना हट सिटमा पुग्नेछन्।

हिजो प्रसारित एपिसोड २३ का प्रतियोगीले ८० हजार जितिन्। गुल्मीकी पुनम शाहीले १ लाख ६० हजारका लागि सोधिएको प्रश्न क्वीट गर्दै ८० हजार लिएकी हुन्। पुनमले पहिलो प्रश्नमा नै लाईफ लाईन प्रयोग गरेकी थिईन्।

भिडियो हेर्नुहोस :

यो पनि पढ्नुस

मृगौला सफाई कसरी गर्ने ? थाहा पाउनुहोस घरेलु उपचार विधि

मृगौला खराब भएर बर्षेनी सैयौंले ज्यान गुमाउँछन् । मृगौला शरीरको यस्तो अंग हो, जसको अनुपस्थितीमा शरीरको कार्यसंचालन हुन सक्दैन । परिणामतः मृगौला रोग लागेपछि धेरैले अकालमा ज्यान गुमाउनुपर्छ ।

मृगौला शरीरको यस्तो फिल्टर हो, जसले रगतमा रहेको दुषित तत्व सफा गर्छ । मृगौला स्वस्थ्य राख्न सकियो भने नै शरीर निरोगी हुने हो । मृगौला कसरी स्वस्थ्य राख्ने त ? यसका केहि काइदा छन् । जस्तो कि, सक्रिय जीवनशैली, स्वस्थ्य खानपान, नियमित व्यायाम, पर्याप्त पानीको सेवन आदिले मृगौलालाई स्वस्थ्य राख्न सकिन्छ । त्यसबाहेक अर्को घरेलु विधी पनि छ, जसले प्रभावकारी रुपमा मृगौला सफा राख्ने काम गर्छ ।

मृगौला सफा गर्नका लागि धनिया राम्रो विकल्प हो । यो सजिलै र जहाँ पनि पाइन्छ । त्यो पनि सस्तो मूल्यमा ।

एक मुठ्ठी धनिया लिनुहोस् । त्यसलाई स-सना टुक्रा गर्नुहोस् । एक भाँडामा ९ लिटर पानी हालेर उक्त टुक्रा मिसाउनुहोस् । १० मिनेटसम्म त्यसलाई धिमा आँचमा पकाउनु पर्छ । अब यसलाई छानेर चिसो बनाउनुहोस् । यो पेयलाई तपाई हरेक विहान खाली पेटमा पिउनुहोस् । पिसाबको माध्यामबाट सबै दुषित तत्व बाहिर निस्कन्छ ।

यसमा थोरै ज्वानो हाल्नु भयो भने सुनमा सुगन्ध हुन्छ । यद्यपी यो उपाय स्वस्थ्य व्यक्तिले मात्र अपनाउन सक्छन् । मृगौला सम्बन्धी रोग लागिसकेका व्यक्तिले भने चिकित्सकको परामर्श लिनैपर्छ ।

मृगौला रोगीको डाइट चार्ट

के नखाने ?- मृगौला रोगीले मसलेदार, तारेको, बेकरी आइटम, नरिवल पानी, कोल्ड डि्रक सेवन गर्नु हुँदैन । साथै करेला, भिन्डी, बैगुन, पालक, मेथीको साग, मेवा, अंकुरित दाल, बेसन, पापड, अचार, बेकिङ पाउडर खान हुँदैन ।

कस्तो चिया पिउने ?

अदुवा र तुलसीको पात मिसाइएको चियामा थोरी मरिच, दालचिनी, सुकुमेल, अलैंची, तेजपत्ता, ज्वानो, ल्वाङको चूर्ण बनाएर बिहान बेलुकी पिउनुपर्छ । यसमा चिया भने हाल्नु हुँदैन ।

खाना

सुख्खा रोटी सेवन गर्नुपर्छ । यसमा घिउ तथा तेल लगाइएको हुनुहुँदैन । मकै, जौंको सातु सेवन गर्न सकिन्छ । मुला, गाजर, सखरखण्ड जस्ता जमिन मुनी फल्ने र लौका, पत्ता गोभी, परवल जस्ता सब्जी उपयुक्त हुन्छ । कांक्रा, गाजर, मुला, प्याजको सलाद बनाएर सेवन गर्न सकिन्छ ।

किन हुन्छ मृगौला खराब ?

– अस्वस्थ्यकर जीवनशैली ।

– कम पानी पिउनु ।

– धुमपान एवं मदिरापान

– लामो समय पिसाब च्यापेर बस्नु । बिहान उठ्नसाथ पिसाब नफेर्नु ।

– नुनको अधिक सेवन ।

– उच्च रक्तचापको उपचारमा लापरवाही ।

– धेरै मात्रामा पेन किलर लिन ।

तपार्इलार्इ यो पोष्ट कस्तो लाग्यो ? अवश्य कमेन्टमा लेख्नुहोला, मनपरेमा जानकारी शेयर गर्नुहोला । थप जानकारीको लागि हाम्रो फेसबुक पेज लाइक गर्नुहोला ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *