बेवास्ता नगरौँ : मलामी गएर फर्केपछी वा शवसँगै यात्रागरेपछि यस्ता काम अनिवार्य

२०७५ चैत्र १७, आईतवार १२:४१ गते २०७५ चैत्र १७, आईतवार १२:४१ गते २०७५ चैत्र १७, आईतवार १२:४१ गते

काठमाडौँ । तपाईहरुले याद गर्नुभएको होला । मलामी गएपछि अनिवार्य नवाएर मात्र अरु कार्य गर्ने चलन गाँउ घरमा कायमै छ । शास्त्रमापनि मलामी गएपछि वा शवसँगै यात्रा गरेपछि स्नान गरेर मात्र गृह प्रवेश गर्नु भनिएको छ ।चाणक्यलेपनि भनेका छन् की केही यस्ता अवस्थाहरु छन् त्यसपछि नुहाउनु जरुरी हुन्छ । उनका अनुसार स्त्री होस् या पुरुष स्वास्थ्यका लागि त नुहाउनै पर्छ । चाणक्य नीतिका अनुसार यी चार काम सकेपछि नुहाउनुपर्छ ।तेल मालिश गरेपछि नुहाउनुपर्छ चाणक्यले बताएअनुसार स्वस्थ शरीर र चमकदार छालाका लागि हप्तामा कम्तीमा एकपटक पुरा शरीरमा तेल मालिश जरुरी छ । तेल मालिशपछि शरीरमा भएका रोम छिद्रहरु खुल्छन् र भित्रका विकार पदार्थहरु बाहिर निस्कन्छन् ।यसकारण तेल मालिश गरेको केही समयपछि नै नुहाउनुपर्छ । तेल मालिशपश्चात ननुहाई बाहिर जानु अशुभ मानिन्छ ।

शवयात्राबाट फर्केपछि नुहाउनुपर्छ चाणक्य नीतिका अनुसार मलामी गएर फर्केपछि पनि नुहाउनुपर्छ । किनकी घाट वरिपरी भएका किटाणुहरुले हाम्रो स्वास्थ्यका लागि हानिकारक हुन्छ । यदि ननुहाई बसेमा कपडा वा शरीरका अन्य भागमा किटाणुहरु हुनसक्छन्, जसले हाम्रो शरीरलाई असर गर्नसक्छ ।

यौनसम्पर्क गरेपछि नुहाउनुपर्छ स्त्री होस् या पुरुष यौनसम्पर्क गरेपछि नुहाउनु जरुरी मानिन्छ । किनकी उक्त समयमा महिला तथा पुरुष दुवै अपवित्र हुन्छन् । चाणक्य नीतिका अनुसार यदि कोहि यौनसम्पर्कपछि पनि नुहाउँदैन भने ऊ कुनैपनि धार्मिक कामका लागि योग्य हुन सक्दैन ।

कपाल काटेपछि नुहाउनुपर्छ चाणक्य नीतिका अनुसार कपाल काटेपछि नुहाउनुपर्छ । कपाल काटेपछि पुरै शरीरभरि कपालका स-साना टुक्राहरु झरेका हुन्छन् । त्यसकारण कपाल काटेपछि नुहाउनु जरुरी मानिन्छ । शास्त्रमा विश्वास छ । यो कुरा सही लागेको महसुस भए सेयर गर्न सक्नुहुनेछ । जनबाेलीबाट

तपाइलाई थाहा छ ? गाडी चलाउँदा ब्रेक पहिला थिच्ने कि क्लच ? यी चार अवस्था जान्न जरुरी छ

गाडी चलाउँदा प्रायः जसो नयाँ चालकहरूलाई पर्ने समस्या गाडी चलाउँदा गाडी रोक्न ब्रेक पहिला थिच्ने कि क्लच पहिला कन्फ्यिूजन हुन्छ । यो खालको समस्या अनुभवी चालकलाई पनि हुनसक्छ वा भनौँ तपाईंको क्लच र ब्रेक वा गियर प्रयोग गर्ने बानी गलत प्रकारको पनि हुनसक्छ ।

क्लच र ब्रेक मिलाएर प्रयोग गर्न जानिएन भने यसको असर इन्जिन, गियरबक्स तथा क्लचमा समस्या हुनसक्छ । यसको लागि क्लचको काम के हो पहिला बुझ्न जरुरी हुन्छ । क्लच थिचेपछि इन्जिन र ह्वीलबीचको कनेक्सन छुट्छ, जुन बेला गियर परिवर्तन गर्न सकिन्छ ।

क्लच र ब्रेकको प्रयोग मिलाएर गर्न जानिएन भने गाडीको स्टार्ट बन्द हुने, झट्का महसूस हुने वा चाहेको ठाउँमा गाडी नरोकिने हुनसक्छ । यसको लागि सबभन्दा पहिला कुनै पनि गियरको सबभन्दा कम गति कति हो अनुमान गर्नुपर्छ ।

जस्तो १ नम्बर गियरको सबभन्दा कम गति ५ देखि ८ किलोमिटर प्रतिघण्टा हुन्छ भने ५ नम्बर गियरको सबभन्दा कम गति ४० किलोमिटर प्रतिघण्टा आसपास हुन्छ । यो गति गाडी तथा बाटोअनुसार फरक–फरक हुनसक्छ ।

किनकी गाडि चलाउँदा कुनै पनि गियरको कम स्पीडमा गाडी गुड्न थालेपछि गियर डाउन गर्न जरुरी हुन्छ ।

यहाँ हामीले ४ वटा अवस्थाकाबारेमा चर्चा गरेका छौँ, जसले क्लच र ब्रेकको प्रयोग कसरी सबभन्दा उपर्युक्त हुन्छ भन्नेबारे जानकारी गराउँछ ।

पहिला क्लच अनि ब्रेक
यदि तपाईं सहरी क्षेत्रको हेवी ट्राफिकमा गाडी चलाइरहनुभएको छ र गाडीको गति ५ देखि १० किलोमिटर प्रतिघण्टा रहेको छ भने यस्तो अवस्थामा पहिला ब्रेक लगायौँ भने गाडीको स्टार्ट बन्द हुन्छ । यो अवस्थामा तपाईंको गाडी पहिलो गियरको सबभन्दा कम स्पीडमा गुडिरहेको हुन्छ । त्यसकारण एकदमै कम गतिमा सवारी चलाउँदा रोक्नुपरेको अवस्थामा पहिला क्लच अनिमात्र ब्रेक लगाउनुपर्छ ।

क्लच र ब्रेक सँगसँगै
यदि तपाईं २० देखि ३० किलोमिटर प्रतिघण्टाको स्पीडमा गुडिरहनुभएको छ र अगाडि ठूलो खाल्डो आयो वा अचानक गाडीको अगाडि सानो बच्चा वा कुनै वस्तु दगुरेर आयो भने एकैपटकमा क्लच र ब्रेक थिच्नु उपर्युक्त हुन्छ । यसो गर्दा गाडी पनि रोकिन्छ र इन्जिन पनि बन्द हुँदैन ।

पहिला ब्रेक अनि क्लच
यदि तपाईं हाई–वेमा ८० वा ९० किलोमिटर प्रतिघण्टाको स्पीडमा गुडिरहनुभएको छ र अगाडि पर केही डिस्टर्व देखिन्छ भने, यस्तो अवस्थामा गाडीको गति कम गर्न क्लच नदबाइकन बिस्तारै ब्रेक दबाउनुपर्छ । बिस्तारै ब्रेक दबाउँदा गाडीको स्पीड ४० किलोमिटर प्रतिघण्टामा आएपछिमात्र क्लच दबाएर गियर चेन्ज गर्नुपर्छ । किनकी ४० किलोमिटर प्रतिघण्टाको स्पीड भनेको ५ गियरको सबभन्दा कम स्पीड हो । यस्तो गतिमा पनि गियर चेन्ज गरेन भने गाडी झट्का खानसक्छ र स्टार्ट नै बन्द हुनसक्छ ।

ब्रेकमात्र
आफू चलिरहेको गतिमा केही कममात्र गर्नुछ भने ब्रेकमात्र लगाए पुग्छ । गाडीलाई रोक्नु छैन, स्पीडमात्र कम गर्नुपर्ने अवस्थामा एक्सीलेटर छाडेर ब्रेकमात्र हल्का थिच्ने गर्नुपर्छ ।

स्पीडमा चलिरहेको अवस्थामा टाढा अगाडि केही रोकिएमा वा टर्निङ्ग आएको अवस्थामा हलुका तरिकाले ब्रेकमात्र थिचे हुन्छ । स्पीड कम भएर गियर नै चेन्ज गर्नुपर्ने अवस्थामा वा रोक्नैपर्ने अवस्थामा मात्र क्लच थिच्नुपर्ने हुन्छ ।

यो पनि पढ्नुस

एजेन्सी । अब हामीले केही नयाँ काम सुरु गछौँ, तब कयौँ समस्या आउने गर्दछन्। कुनै व्यक्तिले ती समस्याबाट हैरानी भएर कामलाई अधुरै छोडिदिन्छन् भने कुनै व्यक्ति ती समस्यासँग जुधेर लगातार काममा लागिरहन्छन्। तर कुनै बेला यस्तो समय आउछ समस्या घटनुको साटो अझ बढ्दै जान्छ।

यो समस्या हाम्रो समयको साथसाथै हाबी हुँदै जान्छ। र हामी कमजोर बन्दै जान्छौँ। समस्याले हाम्रीलाई तनावमा पार्नुका साथै तर्क शक्तिमा समेत कमजोर बनाउदै लैजान्छ।

एक अनुसन्धानका अनुसार समस्याले हाम्रो प्रवृति अनुसार आफ्नो रंग देखाउने गर्दछ। यदी हामी सकारात्मक छौ भने त्यो सडकको स्पीड ब्रेकर जस्तै हो। अर्थात केही समयमा हाम्रो गति थोरै कम हुन्छ र फेरि दौडिन थाल्दछ।

महान साहित्यकार जार्ज बर्नार्डले भने अवरोधले हाम्रो सफलतालाई अझ मजबुत बनाउन सहयोग गर्दछ। हामीले जति बाधा, अबरोध पार गर्दै जान्छौँ त्यती बलियो हुँदै जान्छौँ।

यी कुराले हामीलाई सफलतामा अवरोध ल्याउछ :

बहाना बनाउनु

यदी हामीले आफ्नो गल्ती स्वीकार गर्न तयार नभएर विभिन्न किसिमका बाहाना बनाउन थाल्यौँ भने हामीले सफलता भन्दा असफलता प्राप्त गछौँ।

समस्यासँग भाग्नु

कयौँ समय हामी समस्या समाधान गर्नु भन्दा समस्यासँग डराएर भाग्यौँ भने हामी कहिलै सफल हुन सक्दैनौँ।

केही गर्न अघि नसर्नु

धेरै मान्छे केही काम गर्नु अघि डराउने गर्दछन्। यदी हामी जुन काम गर्दा पनि मनमा डर पालेर बस्नेहो भने कहीलै सफता पाउन सक्दैनौँ। असफलताबाट पाठ नसिक्नुम बिचमै छोडिदिन्छौँ भने जीवनमा कहीलै सफलता प्राप्त गर्न सक्दैनौँ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *