हराएकी तीन वर्षीया बालिकालाई १६ घण्टासम्म कुरेर आमाको जस्तै भूमिका निभाएको यो कुकुरको चौतर्फी भयो चर्चा

२०७५ चैत्र १७, आईतवार १३:०८ गते २०७५ चैत्र १७, आईतवार १३:०८ गते २०७५ चैत्र १७, आईतवार १३:०८ गते

काठमाडौँ । कुकुर र मानिसबीच साँच्चिकै आत्मीय सम्बन्ध रहेको हुन्छ ।त्यसैले होला प्राय संसारका सबै ठाउँमा मान्छेले कुकुरलाई आफ्नो साथी बनाउने गर्छन । कुकुरलाई आज्ञाकारी पशुको रुपमा पनि लिने गरिन्छ । पछिल्लो पटक अष्ट्रे लियाकामा एउटा कुकुरले प्रशंसै–प्रशंसा बटुलिरहेको छ ।अष्टेलियाको क्वीन्सल्याण्डमा १७ वर्षको एउटा कुकुरले ३ वर्षीया एक बालिकालाई आमाको जस्तै साथ दिएको छ । तीन वर्षकी ती बालिका गएको शुक्रबार घरबाट हराएकी थिइन । उनी हराएपछि सय जना उद्धारकर्ता, स्वंमसेवक र प्रहरीको टोली उनको खोजीमा लागेको थियो ।

घरबाट हराएकी उनलाई एक रातसम्म खोजी गर्दा समेत कसैले भेटाउन सकेको थिएन् । क्वीन्सल्याण्ड घर भएकी अउरोरा नाम भएकी ती तीन वर्षकी बालिका एक रातपछि भेटिइन् । तर उनलाई उद्धारकर्ता वा प्रहरीले भेटाएका थिएनन् । उनलाई त कुकुरले भे टाउन सहयोग गरेको थियो ।त्यति मात्रै होइन उनलाई त्यै कुकुरले सुरक्षित राखेको थियो । उनकै घरमा पालिएको १७ वर्षको म्याक्स नाम गरेको त्यो कुकुरले उनलाई एक रातसम्म आमाले जस्तै साथ दिएको थियो । बालिका घरबाट हिँडेपछि कुकुरले बालिकालाई पछ्याएको थियो ।

आँखा कम देख्ने तथा कान पनि कम सुन्ने त्यो कुकुरले बालिका घर छाडेर झाडीमा पस्दा सँगै गएको थियो । बालिकासँगै त्यस कुकुरले झाडीमा १६ घण्टा बिताएको बालिकाका आफन्तले बताएका छन् । प्रहरीका अनुसार कुकुरको सहायतबाट बालिकालाई आफन्त ले गएको शनिबार बिहान हिलसाइडमा भेटाएका हुन । बालिकाकी हजुरआमा लेइसा मारिइ बेननेटले घरबाट झण्डै २ किलोमिटर टाढा थुम्कोमा कोही चिच्याएको सुनिन् । हजुरआमाले बालिकाले चिच्याएको झैँ लागेर थुम्कोमा कराउँदै पुगिन् ।‘म थुम्कोमा गएर चि च्याएँ र मेरो आवाज सुनेर कुकुर म भएको ठाउँमा आयो।

बालिकाकी हजुरआमा बेननेटले अष्ट्रेलियाको एक सञ्चार माध्यमलाई भनिन, ‘म भएको ठाउँमा आएको कुकुरले मलाईँ डोहोर्यायो, र मलाईँ सिधै बालिका भएको ठाउँमा पुर्यायो ।’बालिकाका आफन्तका अनुसार बालिकाले १५ सेन्ट्रिग्रेडको तापक्रममा एक रात कु कुरसँगै एक ढुङ्गामुनि बिताइन् । तीन वर्षकी ती बालिकाले एक रात बाहिर बिताउँदा पनि उनलाई सामान्य घाउ मात्रै भएको थियो । कुकुरको सहयोगमा बालिका भेटिएपछि अष्ट्रेलियाको त्यो कुकुरको प्रशंसा भएको छ । प्रहरीले त त्यो कुकुरलाई सम्मनार्थ प्रहरीको दर्जा दिएको छ ।

यो पनि पढ्नुस

एजेन्सी । अब हामीले केही नयाँ काम सुरु गछौँ, तब कयौँ समस्या आउने गर्दछन्। कुनै व्यक्तिले ती समस्याबाट हैरानी भएर कामलाई अधुरै छोडिदिन्छन् भने कुनै व्यक्ति ती समस्यासँग जुधेर लगातार काममा लागिरहन्छन्। तर कुनै बेला यस्तो समय आउछ समस्या घटनुको साटो अझ बढ्दै जान्छ।

यो समस्या हाम्रो समयको साथसाथै हाबी हुँदै जान्छ। र हामी कमजोर बन्दै जान्छौँ। समस्याले हाम्रीलाई तनावमा पार्नुका साथै तर्क शक्तिमा समेत कमजोर बनाउदै लैजान्छ।

एक अनुसन्धानका अनुसार समस्याले हाम्रो प्रवृति अनुसार आफ्नो रंग देखाउने गर्दछ। यदी हामी सकारात्मक छौ भने त्यो सडकको स्पीड ब्रेकर जस्तै हो। अर्थात केही समयमा हाम्रो गति थोरै कम हुन्छ र फेरि दौडिन थाल्दछ।

महान साहित्यकार जार्ज बर्नार्डले भने अवरोधले हाम्रो सफलतालाई अझ मजबुत बनाउन सहयोग गर्दछ। हामीले जति बाधा, अबरोध पार गर्दै जान्छौँ त्यती बलियो हुँदै जान्छौँ।

यी कुराले हामीलाई सफलतामा अवरोध ल्याउछ :

बहाना बनाउनु

यदी हामीले आफ्नो गल्ती स्वीकार गर्न तयार नभएर विभिन्न किसिमका बाहाना बनाउन थाल्यौँ भने हामीले सफलता भन्दा असफलता प्राप्त गछौँ।

समस्यासँग भाग्नु

कयौँ समय हामी समस्या समाधान गर्नु भन्दा समस्यासँग डराएर भाग्यौँ भने हामी कहिलै सफल हुन सक्दैनौँ।

केही गर्न अघि नसर्नु

धेरै मान्छे केही काम गर्नु अघि डराउने गर्दछन्। यदी हामी जुन काम गर्दा पनि मनमा डर पालेर बस्नेहो भने कहीलै सफता पाउन सक्दैनौँ। असफलताबाट पाठ नसिक्नुम बिचमै छोडिदिन्छौँ भने जीवनमा कहीलै सफलता प्राप्त गर्न सक्दैनौँ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *