अनुहारको डन्डिफोर, दाग वा पोतो देखी तन्दुरुस्त हून मुलाको प्रयेाग यसरी गर्नूहोस

२०७५ चैत्र १७, आईतवार १३:१५ गते २०७५ चैत्र १७, आईतवार १३:१५ गते २०७५ चैत्र १७, आईतवार १३:१५ गते

प्राकृतिक पाचक हो मुला, मुलाले भोज्य पदार्थ सजिलै पचाउँछ । आयुर्वेदले पनि यसलाई पाचक समेत भनेको छ । यसले पाचन प्रक्रियालाई सुचारु र मजबुत राख्छ । अनेक रोगका कीटाणुलाई शरीर बाहिर निकाल्न मद्दत गर्छ । मुलामा किसिम किसिमका खनिज पदार्थ पाइन्छन् । यो रक्त शोधक समेत हो । आयुर्वेद अनुसार, मासिक धर्ममा गडबडीका कारण अनुहारमा डन्डिफोर निस्कने समस्याबाट ग्रस्त युवतीहरूले दिनहुँ मुला खानु लाभदायक हुन्छ ।मुलाले रगत सफा मात्रै गर्दैन, रक्त सञ्चारमा समेत लय ल्याउँछ । यसले छालामा भएका दाग वा पोतो निको पार्छ । मुलामा गन्धक हुन्छ, त्यसैले यसको गन्ध नै धेरै प्रकारका रोग निको पार्न सहायक हुन्छ ।

मुलामा भिटामिन ‘ए’ पनि पाइन्छ । त्यसै कारण यो तरकारी आँखाका लागि फाइदाजनक छ । आयुर्वेद अनुसार, जाडो याममा सधैं बिहानपख एउटा मुला खानेहरूको आँखाको ज्योति वृद्घावस्थासम्म राम्रो हुन्छ, आँखालाई अन्य रोगले पनि हतपती सताउँदैनन् ।अब त गर्मी याम लागिसक्यो, तैपनि मुला सेवन गरी अनेकानेक फाइदा लिन सकिन्छ । मुला हरेक प्रकारको पाइल्स -बवासिर) हटाउन लाभदायक मानिन्छ । मृगौलाको खराबीले पिसाब बन्न बन्द भए मुलाको रस सेवन गर्नु अत्युत्तम हुन्छ । यो मधुमेहमा पनि लाभकारी हुन्छ । यो हरेक मौसममा पाइए पनि चिसो याममा पाइने चाहिँ उत्तम गुणस्तरको मानिन्छ ।

मुला नियमित सेवन गर्ने व्यक्ति स्वस्थ, उत्साहित एवं उमंगले भरिपूर्ण हुने आयुर्वेदमा उल्लेख छ । यसले शरीरको गुमेको ऊर्जा फिर्ता ल्याउन सहायता गर्छ । छालामा चाउरी भएकाहरूले सधैंसधैं मुला खाने गरे शरीरको चमक पूर्ववत् हुन बल मिल्छ । एक सय ग्राम मुलामा प्रोटिन ०.७ ग्राम, कार्बोहाइड्रेट ३.४ ग्राम, बोसो ०.१ ग्राम, ऊर्जा १७ मिलिग्राम, खनिज ०.६ ग्राम, क्याल्सियम ३५ मिलिग्राम, फाइबर ०.८ ग्राम, फस्फोरस २२ मिलिग्राम, नायसिन ०.५ मिलिग्राम, भिटामिन सी १५ मिलिग्राम, आइरन ०.४ मिलिग्राम, क्यारोटिन ३ मिलिग्राम, थायमिन ०.०६ मिलिग्राम, राइबोफ्लोबिन ०.०२ मिलिग्राम र पानी ९४.४ ग्राम हुन्छ । त्यसैले, सधैं मूला खाऔं, सधैं तन्दुरुस्त रहौं ।

नोट :-[लाइक , कमेन्ट अनि सेयर गर्नुहोला ताकि अरूले पनि केही ज्ञान पाउन सकोस

यो पनि पढ्नुस

एजेन्सी । अब हामीले केही नयाँ काम सुरु गछौँ, तब कयौँ समस्या आउने गर्दछन्। कुनै व्यक्तिले ती समस्याबाट हैरानी भएर कामलाई अधुरै छोडिदिन्छन् भने कुनै व्यक्ति ती समस्यासँग जुधेर लगातार काममा लागिरहन्छन्। तर कुनै बेला यस्तो समय आउछ समस्या घटनुको साटो अझ बढ्दै जान्छ।

यो समस्या हाम्रो समयको साथसाथै हाबी हुँदै जान्छ। र हामी कमजोर बन्दै जान्छौँ। समस्याले हाम्रीलाई तनावमा पार्नुका साथै तर्क शक्तिमा समेत कमजोर बनाउदै लैजान्छ।

एक अनुसन्धानका अनुसार समस्याले हाम्रो प्रवृति अनुसार आफ्नो रंग देखाउने गर्दछ। यदी हामी सकारात्मक छौ भने त्यो सडकको स्पीड ब्रेकर जस्तै हो। अर्थात केही समयमा हाम्रो गति थोरै कम हुन्छ र फेरि दौडिन थाल्दछ।

महान साहित्यकार जार्ज बर्नार्डले भने अवरोधले हाम्रो सफलतालाई अझ मजबुत बनाउन सहयोग गर्दछ। हामीले जति बाधा, अबरोध पार गर्दै जान्छौँ त्यती बलियो हुँदै जान्छौँ।

यी कुराले हामीलाई सफलतामा अवरोध ल्याउछ :

बहाना बनाउनु

यदी हामीले आफ्नो गल्ती स्वीकार गर्न तयार नभएर विभिन्न किसिमका बाहाना बनाउन थाल्यौँ भने हामीले सफलता भन्दा असफलता प्राप्त गछौँ।

समस्यासँग भाग्नु

कयौँ समय हामी समस्या समाधान गर्नु भन्दा समस्यासँग डराएर भाग्यौँ भने हामी कहिलै सफल हुन सक्दैनौँ।

केही गर्न अघि नसर्नु

धेरै मान्छे केही काम गर्नु अघि डराउने गर्दछन्। यदी हामी जुन काम गर्दा पनि मनमा डर पालेर बस्नेहो भने कहीलै सफता पाउन सक्दैनौँ। असफलताबाट पाठ नसिक्नुम बिचमै छोडिदिन्छौँ भने जीवनमा कहीलै सफलता प्राप्त गर्न सक्दैनौँ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *