थ्रेडिङ गरीसकेपछि झुक्किएर पनि नगर्नुहोस् यी ५ गल्ती

२०७५ चैत्र १९, मंगलवार १०:२८ गते २०७५ चैत्र १९, मंगलवार १०:२८ गते २०७५ चैत्र १९, मंगलवार १०:२८ गते

थ्रेडिङ गरीसकेपछि थ्रेडिङ गरेको भागमा कहिलेकाहिँ रातो हुने, सुन्निने र चिलाउने जस्ता समस्या देखिने गर्छ। तपाईले पार्लरबाट आएपछि गर्ने केहि गल्तीहरूका कारण यस्तो हुने गर्छ। तपाईले जहिले पनि जानीराख्नुहोस् थ्रेडिङ गरीसकेपछि कुन कुन गल्तीहरूबाट सुरक्षित हुनु आवश्यक छ।

मेकअप नगर्नुहोस्
कहिलेकाहिँ हामी व्यस्त हुन्छौ र समय नभएका कारण पार्टीमा जानुभन्दा केहि समय पहिले पार्लर जाने गर्छौ। यदि तपाइँ पनि यस्तो गर्नु हुन्छ भने आफ्नो बानी बदल्नुहोस्। किनभने यस्तो पार्टीमा जाने मौका घरीघरी मिल्दैन त्यसैले मेकअप बिना जाने कुरै हुदैन र तपाईलाई यस्तो समयमा मेकअप गर्नाले जलन हुन सक्छ। सधै थ्रेडिङ गरेको ३–४ घण्टा पछि मात्र मेकअप गर्नुहोस्। खासगरी आखाको मेकअपमा यो कुरालाई बिषेस ध्यान राख्नुहोस्।

कुनै पनि फ्रेग्नेन्स् प्रोडक्सनहरुको प्रयोग नगर्नुहोस्
थ्रेडिङ गरेपछि आईब्रोजको वरिपरिको छाला सुख्खा हुन्छ। यसबाट बच्नको लागि तपाई मश्चुराइजर क्रिमको प्रयोग गर्नुहुन्छ। यसले सुक्खापनबाट राहत दिन्छ, तर यसको कारण जलन र रातो हुनसक्छ। त्यसैले थ्रेडिङ गरेपछि कम्तिमा एक दिन पछि मात्र यसको प्रयोग गर्नुहोस्। यदि तपाई चाहानुहुन्छ भने एलोभेरा जेल लगाउन सक्नुहुन्छ।

तातो पानी वा बाफबाट टाढा रहनुहोस्
थ्रेडिङ गर्नु भन्दा पहिले तपाईले साहन सक्ने पानीको बाफ लिन सक्नु हुन्छ। यसले तपाईको आइब्रोलाई नरम बनाउछ र थ्रेडिङ गर्न सजिलो पार्दछ। तर थ्रेडिङ गरिसकेपछि कम्तीमा दुई घन्टासम्म तातो पानी र बाफबाट टाढा रहनुहोस्। थ्रेडिङ गरेपछि तपाईको छाला निकै नै संवेदनशील हुन्छ र तातो पानीको प्रयोग गर्नाले रातो हुने समस्या सम्भावना बढाउँछ।

थ्रेडिङ गरेको ठाउँमा धेरै चोटी नछुनुहोस्
के तपाई पनि आईब्रोजको आकार बनाउनको लागि यो भागमा छोई रहने गल्ति गर्नुहुन्छ ? त्यसोभए अब यसो गर्नु हुँदैन। थ्रेडिङ गरीसकेपछि छाला एकदम संवेदनशील हुन्छ यस्तो अवस्थामा यसलाई छोईराख्यो भने इन्फेक्सन हुने सम्भावना बढी हुन्छ। तपाइको एउटा सानो गल्तीले समस्यामा पार्न सक्दछ। यदि तपाईलाई यस भागमा चिलाउछ भने एलोभेरा जेल प्रयोग गर्नुहोस् वा गुलाबजल प्रयोग गर्नुहोस्।

तुरुन्त घाममा ननिस्किनुहोस्
थ्रेडिङ गरेपछि, यदि तपाई तुरुन्तै घाममा जानुहुन्छ भने UV किरणले तपाईको संवेदनशील छालामा प्रतिक्रिया देखाएर रातोपन र जलनको समस्या उत्पन्न गर्नेछ। त्यसैले सधैभरी थ्रेडिङको ३– ४ घण्टा पछि मात्र घाममा निक्लिनुहोस्।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *