दुनियाँ अन्तरिक्षमा प्रवेश गरिसक्यो, नेपालका नेता भनाउँदाहरु १ बोरा चामल उचालेर फोटो खिचाउँछन्

२०७५ चैत्र २०, बुधबार १७:३६ गते २०७५ चैत्र २०, बुधबार १७:३६ गते २०७५ चैत्र २०, बुधबार १७:३६ गते

दुनियाँ अन्तरिक्ष युगमा प्रवेश गरिसक्यो , नेपालका शिर्ष नेता भनाउँदाहरु चाहिं १ बोरा चामल उचालेर फोटो खिचाउन व्यस्त छन । नेपाली जनता कति सजिलै उल्लू बन्न सक्छन र कति दरिद्र सोंच पाल्छन भन्ने सूचना हो यो ।

जब कसैले पुरा जोरका साथ यो भन्छ कि म “चोर” होइन, तब शंका गर्नुपर्ने हुन्छ कि उ “चोर” हो। “अचोर” लाई म चोर होइन भन्नुपर्ने जरुरी हुँदैन । गुलाफ ले घोषणा गरेर र फोटो खिचाएर सुगन्ध छर्दैन , उसको सुगन्ध स्वभाविक प्रक्रिया अनुरुप हुन्छ। एउटि आमाले फोटो खिचाएर र प्रचार गरेर आफ्नो बच्चालाई दुध खुबाउँदैन, यदि प्रचार गर्छ भने उसको मातृत्व प्रती संदेह गर्नुपर्ने हुन्छ, उसले बच्चालाई दुध खुबाउनुमा गलत नियत रहेको बुझ्नुपर्ने हुन्छ।

नागरिक मरेका छन – सयौंको उठिवास भएको छ , यस्तो अवस्थामा उनिहरु माथी गरिने उद्धार बाट गलत लाभ लिनको लागी प्रचारवाजी गर्नु निकृष्ट चित्तको पराकाष्ठ हो। भित्री मनदेखी शुद्ध भावले समाजसेवा र उद्धार गर्नेहरुले यसरी फोटो खिचाएर प्रचारवाजी गर्दैनन , यस्तो गर्नेहरु कालो मन भएका धुर्तहरु हुन।

प्रचण्डले पूर्व प्रधानमन्त्रीको रुपमा राज्य बाट मासिक करोडौं बराबरको सुबिधा लिन्छन , यो रकम यिनको बाउले छोडेको बिर्ता होइन तिनै पिडित नागरिकले तिरेको कर बापतको रकम हो । यिनको घर मैले २०४९ मा देखेको थिएँ कास्की ढिकुरपोखरिमा, यिनका पुराना आफन्त तथा छिमेकी बाट उनको बारे सुनेको थिएँ – २०४९ सम्म उनको आर्थिक हैसियत कस्तो हो सबैलाई थाहा छ, त्यतिबेला यिनि मसालका महामन्त्री थिए।

यिनले उचालेको चामल तिनै पिडित नागरिकले तिरेको कर बापतको रकम बाट खरिद गरिएको हो प्रचण्डको पुर्ख्यौली सम्पत्ती बाट खरिद गरिएको होइन, अनि यहि चामल बाँडदा फोटो सेसन गर्नुपर्ने , घटनामा परेका नागरिकको उद्धार महत्वपूर्ण हो कि यिनको प्रचारवाजी महत्वपूर्ण हो ? नागरिकको यस्तो वेहाल स्थितीलाई पनि राजनितिक फाइदा लूट्ने माध्याम बनाउने ? नियत त लास्टै कालो देखियो !

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *