छाला चाउरी पर्नबाट जोगाउने यी फलफुलहरु ! जानकारी अवस्य सेयर गर्नुहोस

२०७५ चैत्र २२, शुक्रबार ०९:०० गते २०७५ चैत्र २२, शुक्रबार ०९:०० गते २०७५ चैत्र २२, शुक्रबार ०९:०० गते

बृद्ध हुनु प्राकृतिक नियम हो । उमेर बढेसँगै अनुहारको छालापनि चाउरी पर्छ र तन्किन सुरु गर्छ ।तर उमेर नपुग्दै छाला चाउरियो भने के गर्ने युवा अवस्थामा नै छाला चाउरी पर्न थाल्यो भने अनावश्यक र महंगो क्रिम र लोसनको सट्टा प्राकृतिक उपाय अपनाउनुपर्छ ।यसका लागि फलफूलमा विशेष जोड दिनुपर्छ । सर्बसुलभ रुपमा पाइने पाँच प्रकारका फलफूलले तपाईको छालामा चमक ल्याउछन् ।
सुन्तला

सुन्तलामा पर्याप्त मात्रामा पोषण हुन्छ । भिटामिन सीयुक्त यो फलले छालाका तन्तुलाई कसिलो र चम्किलो बनाउँछ ।

सुन्तलाको जुसले वृद्ध हुने समस्याबाट धेरै हदसम्म बचाउँछ । सुन्तलाको जुस अनुहारमा दल्नाले अनुहारका विबिरा, धर्सा हटाउँछ र अनुहारमा चमक आउँछ ।

स्याउ

स्याउमा छालालाई चमक दिने विशेष गुण हुन्छ । स्याउमा हुने कपर र भिटामिन सीले छालालाई चम्किलो बनाउन मद्दत गर्छ ।त्यस्तै छालाका लागि अत्यावश्यक पोटासियम पनि स्याउमा पाइन्छ ।

मेवा

पवित्र फलको रुपमा चिनिने मेवामा प्राकृतिक रुपमा पोषणयुक्त तत्वहरु हुन्छन ै। मेवाले तौल घटाउन र मुटुको रक्षासमेत गर्छ । यसले तपाईको छालालाई ताजा र जवान देखाउँछ ।

मेवाको कालो बियाँ पनि स्वास्थ्यका लागि त्यत्तिकै लाभदायक हुन्छ । मेवाको बियाँले शरीरको उत्तेजनालाई फाल्नुका साथै कालो छालाका कोषलाई हटाइदिन्छ ।

खरबुजा

खरबुजाले छालालाई चिसो र नरम मात्र बनाउँदैन यसमा हुने भिटामिन सी र एले अनुहारको छाला बुढो देखिनबाट बचाउँछ ।

नियमित खरबुजाको सेबनले छालाको छिद्रा हराउँछ । खरबुजाको टुक्रा क्लिन्जरको रुपमा पनि प्रयोग गर्न सकिन्छ ।

अनार

अनारमा ठूलो मात्रामा प्युनिसिक एसिड, इलेजिक एसिड र एन्टिअक्सिडियन्टस हुन्छ । ओमेगा ३ फ्याटी एसिडयुक्त अनारले छालाको कोषलाई बृद्धि गर्छ ।

यसले रेड ब्लड कर्पुस्केल्स ९आरबीसी० हुने रक्त प्रबाहका लागि उपयोगी हुन्छ । यसमा भिटामिन ए, सी इ लगायत महत्वपूर्ण खनिज हुन्छन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *