यसकारण खुवाउनुहोस् बालबालिकालाई चुकन्दर ! सबैले हेर्नैपर्ने ज्ञान। पढेर सेयर गर्नुहोला !

२०७५ चैत्र २२, शुक्रबार ०९:१२ गते २०७५ चैत्र २२, शुक्रबार ०९:१२ गते २०७५ चैत्र २२, शुक्रबार ०९:१२ गते

काठमाडौं : प्रायजसो चुकन्दर सलादका रुपमा खाने गरिन्छ। यो गाढा रातो रंगको हुन्छ। यसले शरीरमा रगतको मात्रा बढाउन सहयोग गर्छ।यसमा प्रशस्त मात्रामा आइरन पाइन्छ। आइरनका साथै यो भिटामिन सीको राम्रो स्रोत पनि हो। यसको नियमित सेवनले भिटामिन ए, बी, बी-१, बी-२, बी-६ र भिटामिन सीको पूर्ति गराउँछ।बहुगुणी चुकन्दरका फाइदाबारे धेरैलाई थाहा नहुन सक्छ।बढ्दो उमेरसमूहका बालबालिकाका लागि चुकन्दरले ठूलो फाइदा गर्छ।नियमित बालबालिकालाई चुकन्दर खुवाउँदा दिमाग तेज मात्र बनाउँदै फूर्तिलो पनि उत्तिकै बनाउँछ।

पार्टी र भोजमा प्राय सलादका रुपमा खाइने चुकन्दर बालबालिकाको भोजनमा नियमित समावेश गर्नसके बालबालिकालाई लाग्ने कतिपय रोगबाट बचाउन सकिन्छ।बालबालिकालाई नियमित चुकन्दर खुवाउँदा यस्ता फाइदा हुन्छन्।

चुकन्दरका फाइदा

१- नियमित चुकन्दरको मन तातो रस पिलाउँदा बालबालिकाको दिमाग तेज हुन्छ।

२- चुकन्दरको रसले मालिस गर्दा बालबालिकाले आराम महशुस गर्छन्।

३- चुकन्दरको पात पिसेर बनाएको रस कपालमा लगाउँदा कपाल झर्नबाट बचाउँछ। नयाँ कपाल पनि पलाउँछ।

४- चुकुन्दरमा होमोग्लोबिनको मात्रा प्रशस्त हुन्छ।शरीरमा रगतको मात्रा कम भएमा चुकन्दर खुवाउँदा रगत अभावबाट बच्न सकिन्छ।

५- अकस्मात् दाँत दुखेमा चुकन्दरको रस खुवाउँदा दुखाई कम हुन्छ।

६- टाउको दुखेमा पनि चुकन्दरको रस मनतातो पारेर मालिश गर्दा ठीक हुन्छ।

७ – बालबालिकालाई नियमित चुकन्दर खुवाएमा मुटुसम्बन्धी रोग लाग्नबाट बचाउँछ। -Smart Krishi

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *