अस्पतालमा डरलाग्दो घटना : एउटालाई लगाउनु पर्ने सुई अर्कोलाई लगाएपछि २ मिनेटमै बिरामी मर्यो (स्थलगत रिपोर्ट)

२०७५ चैत्र २२, शुक्रबार १२:०७ गते २०७५ चैत्र २२, शुक्रबार १२:०७ गते २०७५ चैत्र २२, शुक्रबार १२:०७ गते

पोखराको मनिपाल अस्पतालका स्वास्थ्यकर्मीको लापरबाहिका कारण बिरामीको मृत्यु भएको आरोप लगाइएको छ । मंगलबार साँझ अस्पतालका स्वास्थ्यकर्मीले एउटा बिरामीलाई लगाउनु पर्ने सुई अर्कै बिरामीलाई लगाईदिएपछि बागलुङ जैमनी वडा नम्बर ८ का ७५ बर्षीय धनराज परियारको मृत्यु भएको आफन्तले बताएका छन् ।‘त्यहाँ काम गर्ने स्वास्थ्यकर्मीहरुले सँगैको अर्काे बेडमा रहेको अर्कै बिरामीको लागि ल्याएको सुई ल्याएर बुबालाई लगाएपछि उहाँको मृत्यु भएको हो’–धनराजका छोरा केशव परियारले भने, ‘सुई लगाउनासाथ बुबा वाकवाकी लाग्यो भनेर निस्कनु भयो र दुई मिनेटमै उहाँको मृत्यु भयो ।’

अर्काको लागि ल्याएको सुई आफ्नो बुबालाई लगाई दिएपछि स्वास्थ्यकर्मीले जिब्रो टोक्दै बाहिर निस्केको कुरुवा बहिनी बिमलाले पनि देखेको उनले बताए । केशवका अनुसार टाउको दुख्ने तथा खोकि लाग्ने भएपछि धनराजलाई आइतबार मनिपाल ल्याईएको थियो ।अस्पताल ल्याएपछि इमरजेन्सी कक्षमा लगिएको धनराजको इसिजी गरेपनि रिपोर्टमा केहि नदेखिएपछि स्वास्थ्यकर्मीले उनलाई ओपिडीमा पठाएका थिए । धनराजको मृत्युपछि आफन्तहरुले दोषीलाई कारवाही र क्षतिपूर्तिको माग गर्दै शवको जिम्मा लिन मानेका छैनन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *