मलेशियाको कलिङ भिषा खुलेपछि म्यानपावरले भिषा लागेका कामदारबाट डेढ लाख सम्म यसरी असुल्दै (पुरा विवरण हेरी शेयर गर्नुहोस्)

२०७५ चैत्र २३, शनिबार ०८:५१ गते २०७५ चैत्र २३, शनिबार ०८:५१ गते २०७५ चैत्र २३, शनिबार ०८:५१ गते

मलेसियाको लागि कलिङ भिषा आइसकेका कामदारबाट म्यानपावरले डेड लाखसम्म रकम माग्न थालेका छन् । तर श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसियाको लागि कलिङ भिषा आइसकेका कामदारबाट कुनै पनि शुल्क म्यानपावर कम्पनीले लिन नपाउने बताएको छ।भिषा प्रक्रिया पुगेकाहरुले नेपाल बैदेशिक रोजगार व्यवसायी संघको सहजिकरणमा गत कार्तिक १२ गते नेपाल र मलेसिया बीच भएको श्रमसमझदारी अनुरुप कामदारपठाउनुपर्ने श्रम मन्त्रालयका बैदेशिक रोजगार व्यवस्थापन शाखाका उपसचिव दिपक ढकाल बताउँछन् ।

श्रम समझदारीमा मलेसियामा कामदार पठाउँदा लाग्ने सेवा शुल्क, आतेजाते हवाई टिकट, भिसा शुल्क, स्वास्थ्य परीक्षण, सुरक्षा जाँचलगायत वापतका खर्चहरु सम्बन्धित रोजगारदाताले नै व्यहोर्नु पर्ने उल्लेख छ ।साथै म्यानपावर कम्पनीलाई सेवा शुल्क बापत रोजगारदाताले कामदारको आधा महिनाको तलब उपलब्ध गराउनुपर्ने सहमति भएको थियो। त्यस सहमति अनुरुप नै कामदार पठाउनु पर्ने भएपनि अटेर गर्दै म्यानपावरले कामदारबाट रकम माग गर्न थालेका छन् ।विगत १० महिनादेखि बन्द रहेको मलेसिया रोजगारी पहिलो चरणमा सोमबारबाट कलिङ भिषा आएका कामदारहरुको लागि मात्र श्रम स्वीकृति खुला गरिएको थियो ।

सो पश्च्यात म्यानपावर कम्पनीले श्रम स्वीकृतिका लागि आवश्यक प्रक्रिया शुरु गरेसंगै कामदारबाट रकम माग गर्न थालेको गुनासो आएका छन् । म्यानपावर कम्पनीले कलिङ भिषा आएका कामदारबाट १ लाख ५० हजारसम्म मागेको गुनासो बैदेशिक रोजगार एप मार्फत आउन थालेका हुन् ।नेपाल बैदेशिक रोजगार व्यवसायी संघको सहजीकरणमा आवश्यक प्रक्रिया शुरु गर्नेगरि बैदेशिक रोजगार विभागले श्रम कार्यालय ताहाचललाई पत्र काटेको थियो। सोहि अनुरुप प्रक्रिया पुगेकाहरुले संघको सहजीकरणमा श्रम कार्यालय मार्फत सोझै श्रम स्वीकृति लिन सकिने व्यवस्था गरिएको छ।हाल कलिङ भिषा आएर मलेसिया जान पर्खाइमा रहेका कामदारहरुको संख्या करिव ७ हजारको हाराहारीमा रहेको व्यवसायी संघले बताएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *