मोटा यात्रुले आफ्नो सिटको केही भाग ओगटेको भन्दै असुले १७ हजार

२०७५ चैत्र २३, शनिबार ०९:०८ गते २०७५ चैत्र २३, शनिबार ०९:०८ गते २०७५ चैत्र २३, शनिबार ०९:०८ गते

एजेन्सी : विमानमा एक यात्रीले आफु बसेको सिटको भाग अर्का मोटा यात्रीले ओगटेको भन्दै एक सय ५० डलर (लगभग १७ हजार) लिएका छन् । यसको समाजिक संजालमा निकै चर्चा भइरहेको छ । जुन यात्रीले पैसा दिए उनले आफू कहाँ जाँदै थिए भन्ने जानकारी दिएनन् । दुई यात्रीको नाम पनि सार्वजनिक गरिएको छैन ।यात्रीले यसबारे अनलाइन डिस्कशन फोरम रेडिटमा यसबारे जानकारी दिएका थिए । उनले भने, ‘मैले सहुलियत पाउनका लागि छेउको सिट छानेको थिएँ । एकजना निकै मोटा व्यक्ति म छेउ बसेका थिए । उनी मेरो एक तिहाई सिटमा सुत्नेछन् भन्ने मलाई लाग्यो । यसो भए त म मूर्ख साबित हुन्छु भन्ने पनि लाग्यो ।’

ती यात्रीले रेडिटमा भने, ‘मैले जब यो स्थितीमा ती मोटा व्यक्तिसँग कुरा गरेँ तब उनले मलाई मेरो थोरै सिट दिन आग्रह गरे । उनले मलाई यसका लागि कुनै मद्दत गरेनन् । त्यसपछि मैले एयर होस्टेससँग यसबारे कुराकानी गरेँ ।‘एयर होस्टेसले ती मोटा व्यक्तिले चाहेको खण्डमा अर्को सिट खरिद गर्न सक्ने बताइन् तर विमानमा कुनै खाली सिट नभएको पत्ता लाग्यो । यदि उनी चाहन्छन् भने अर्को विमानमा जान सक्ने पनि विकल्प दिइन्,’ उनले भने ।

यात्रीले भने, ‘मलाई ती व्यक्तिमाथि दया लाग्यो । लाग्यो कि लामो यात्राका बेला सहज हुनु अत्यावश्यक कुरा हो र यसका लागि मैले पनि पैसा तिरेको छु ।’उनका अनुसार त्यसपछि उनले ती मोटो व्यक्तिलाई अफर गरे, ‘म तिम्रो लागि केही गर्नसक्छु, यदि तिमीले मलाई एक सय ५० डलर दियौ भने म आफ्नो सिटको केही भाग तिमिलाई दिनेछु । यो विमानको भाडाको आधा हो तर यो स्थितीमा यति पनि मेरो लागि काफी हुन्छ ।’ उनका अनुसार ती मोटो व्यक्तिलाई अफर मनपर्यो र तुरुन्त पैसा दिए ।

यात्रीका अनुसार ती व्यक्तिले उनलाई निकै धन्यवाद पनि दिए । यद्यपी, सोसल मिडियामा उनको कदमको सकारात्मक र नकारात्मक दुबै टिप्पणी आइरहेका छन् । कतिले पैसा लिनु अनैतिक बताए भने कतिले यसलाई सही पनि बताएका छन् । एक प्रयोगकर्ताले लेखे, ‘एक व्यक्तिले अर्को व्यक्तिको तौलको अपमान गरे ।’कतिले दुई व्यक्तिबीच सहमती भएको छ भने यसमा के गल्ती भयो भनेर टिप्पणी पनि गरे । कतिले सानो सिट बनाएको भन्दै एयरलाइन्सलाई नै जिम्मेवार बताए । कतिले मोटो व्यक्तिले पहिले नै याद राख्नुपर्दथ्यो पनि भने ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *