दलितले थर परिवर्तन गर्न पाउनुपर्छ , घरबेटीले यही बैशाख भित्र कोठा सर्नु भनेका छन् : सांसद बिक

२०७५ चैत्र २३, शनिबार ०९:५५ गते २०७५ चैत्र २३, शनिबार ०९:५५ गते २०७५ चैत्र २३, शनिबार ०९:५५ गते

काठमाडौं ।सांसद आशाकुमारी बिक संसद बैठक र विषयगत समितिका बैठकमा सक्रियतापूर्वक सहभागी हुने गर्छिन्। दलित महिला समानुपातिक कोटाअन्तर्गत बझाङबाट तत्कालीन एमालेबाट निर्वाचित उनको प्राथमिकतामा दलित र महिला अधिकारका कुराहरु पर्छन् । उनले आफ्नो क्षेत्रको विकासका बारेमा पनि आवाज उठाउने गरेकी छन्। सांसद बिकले स्कुलहरुमा छात्रालाई सेनिटरी प्याड नि:शुल्क उपलब्ध गराउनुपर्ने देखि नागरिकतामा महिलाले थर परिवर्तन गर्न पाउनुपर्ने सम्मका मागहरु सांसद मा राखेकी छन् ।

थर फेर्न पाउनुपर्छ: नागरिकता विधेयकमाथि संशोधन गर्दागर्दै थर फेरेर नागरिकता पाउनुपर्छ भनेर आवाज उठाएँ । तर, यसको फरक बुझाई पनि देखापर्यो। म बिक हुँ भने बाहुनको थर राखेर नागरिकता पाउनुपर्छ भनेको होइन । दलित भित्रै पनि धेरै थर हुन्छ न् । थर फेरेरै विभेद अन्त्य हुँदैन । तर, अर्को थर राख्दा ब्यबहारिक रुपमा सजिलो हुने धेरै उदाहरण छन् ।जस्तै ओखेडा भन्ने थर हुन्छ सुदुरपश्चिम तिर । मेरो थर ओखेडा भन्यो भने काठमाडौंमा कोठा पाइन्छ। किनभने ओखेडा भनेको के जात हो भन्ने थाहा छैन मानिसहरुलाई । आशा विक भन्दा कोठा छ भन्दैनन्।

हेप्छन् पनि। तर, आशा ओखेडा भन्यो भने समस्या झेल्नु पर्दैन । यसका निम्ति नै थर फेर्दा सहज हुन्छ भनेको हो । पहिचान नै फेर्न भन्न खोजेको होइन । बाहुनले बाहुन भित्रको, क्षेत्रीले क्षेत्री भित्रको थर लेख्ने हो ।कामीले कामी नलेखेर कामी भित्रको थर लेख्न पाउनु पर्छ भन्ने मेरो संशोधन थियो । उदाहरण मेरो आफ्नै दिन्छु । म बानेश्वर बस्छु । मेरो घरबेटीले यही बैशाख भित्र कोठा सर्नु भनेका छन् । तीन महिनादेखि यति धेरै खोजियो । केही दिन अघि एउटा चित्त बुझ्दो कोठा पाइयो । ढाँटेर बोल्न भएन । हामी विश्वकर्मा हौं, म सांसद हुँ, मेरो यति परिवार बस्छन्, कहिलेकाहीँ कार्यकर्ता आउँछन् सबै भनेँ ।

घरबेटीले हामी सल्लाह गर्छाैं भने भनेर टारिदिए । भोलिपल्ट सोध्दा आफ्नै मान्छेलाई चाहिने भयो भनेर जवाफ दिए। सिधा तपाई दलित भएको कारणले कोठा नदिने त भन्दैनन् । उसको व्यक्तिगत घर, उसैको अधिकार हो । दिन्न भन्न पाइयो । दलित भएकाले दिन्न भनेको भए पो मुद्दा गर्न जाने, अर्कै बहाना बनाएपछि त के गर्ने ? माननीय कलु देवीले त संसदमै कोठा पाइएन भनेर आफ्नो गुनासो राख्नुभएको थियो ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *