रातारात भाग्य चम्काउनु छ भने राशि अनुसारका गर्नुस् यी काम ! कुन राशिले कस्तो काम गर्ने ?

२०७५ चैत्र २३, शनिबार १८:२० गते २०७५ चैत्र २३, शनिबार १८:२० गते २०७५ चैत्र २३, शनिबार १८:२० गते

जागिर होस् अथवा व्यवसाय हरेक क्षेत्रमा सफलता पाउनु सबैको इच्छा हुने गर्छ। आफ्नो क्षमता साथै खुबी अनुसारको कार्यमा हात हालेमा जो पनि सफल हुने गर्छन्। कोहीलाई व्यवसाय नफाप्ने गर्छ। तर जागिरबाट चाहिं उल्लेख्य उन्नति गर्न सक्छन्। ठिक यसको उल्टो कोहीलाई जागिर नफाप्ने तर व्यसायमा चाहिं उल्लेख्य उन्नति गर्ने गर्छन्। ज्योतिष शास्त्रमा कुन राशिलाई कस्तो कामले उन्नति दिलाउँछ भन्ने कुराहरु उल्लेख गरिएको छ। हेर्नुहोस् कुन राशिलाई कस्तो कामले सफलता दिलाउँछ:

मेष राशी
मेष राशिको स्वामी मंगल रहेको छ। यस कारण मेष राशी भएका व्यक्तिहरुलाई प्रहरी अथवा सेनाको जागिरमा सफलता मिल्ने गर्छ। इन्जिनियरिंग, वकील, सवारी चालक जस्ता कार्यमा सफलता मिल्छ। प्रविधिका सामानहरुको मर्मत गर्ने व्यवसाय, विद्युतका सामानहरुको व्यवसाय साथै इटा भट्टा, निर्माण सामग्री, धातु अथवा खनिज सम्बन्धित व्यवसायबाट लाभ मिल्ने गर्छ।

वृष राशि
वृष राशिको स्वामी शुक्र रहेको छ। यस कारण वृष राशी भएका व्यक्तिहरुलाई वितिय सम्बन्धि जागिरमा सफलता मिल्ने गर्छ।यस राशी भएका व्यक्तिहरुले कलाकारितामा उल्लेख्य प्रगति गर्न सक्छन्। जसमा संगीत, चलचित्र साथै पेंटिंगको कार्य पनि पर्ने गर्छ। साथै ड्रेस डिजाइनर, कृषि, सजावट तथा विलासिता सम्बन्धि व्यवसाय, कलात्मक वस्तु सम्बन्धित व्यवसाय, होटल व्यवसाय, डेरी सम्बन्धि व्यवसायहरु यस राशी भएका व्यक्तिहरुलाई फलदायी हुने गर्छ।

मिथुन राशि
यस राशिको स्वामी बुध ग्रह रहेको छ। यस राशि भएका व्यक्तिहरुलाई शिक्षा सम्बन्धित कार्य गर्दा लाभदायक हुने गर्छ। लेखाकार, इंजीनियर, शेयर ब्रोकर, सम्पादक साथै सम्वाददाता, अध्यापक, शिक्षक आदि सम्बन्धि जागिरहरुमा सफलता मिल्ने गर्छ। यसै गरि सवारी सम्बन्धि व्यवसाय, स्टेशनरी व्यवसाय, विज्ञापन सम्बन्धि व्यवसायहरुमा सफलता मिल्ने गर्छ। भाषा विशेषज्ञ, लेखक, पत्रकारको जागिर पनि लाभदायक रहने गर्छ।

कर्कट राशि
यस राशि भएका व्यक्तिहरुको कुण्डलीको मालिक चन्द्र रहेको हुन्छ। यस राशि भएका व्यक्तिहरुलाई जल अथवा काँच सम्बन्धि कार्य लाभदायक रहने गर्छ। यस राशि भएका व्यक्तिहरुलाई जडी-बुटीको व्यवसाय, किराना व्यवसाय, मिठाइ सम्बन्धि व्यवसाय, डेयरी फार्म, जीव विज्ञान, वनस्पति विज्ञान, प्राणी विज्ञान सम्बन्धि कार्यमा सफलता मिल्ने गर्छ। संग्रहालय, शिक्षक, सामाजिक कार्यकर्ता या सामाजिक संस्थामा जागिर पनि यस राशी भएका व्यक्तिहरुलाई लाभदायक रहने गर्छ।

सिंह राशी
यस राशि भएका व्यक्तिहरुको कुण्डलीमा स्वामी सूर्य रहेको हुन्छ। यस राशिलाई प्राय जस्तो कार्यमा सफलता मिल्ने गर्छ। तर पनि वन अधिकारी, राजदूत, पायलट जस्ता जागिरहरुमा सफलता मिल्ने गर्छ। यस्तै यस राशि भएका व्यक्तिहरुलाई पेट्रोलियम, भवन निर्माण, कपडा, कागज, स्टेशनरी, फलफुल आदि सम्बन्धि व्यवसायमा पनि सफलता मिल्ने गर्छ। कपडा सम्बधि व्यवसाय लाभदायक रहने गर्छ। साथै यस राशिका व्यक्तिहरुलाई पैतृक सम्पति पनि मिल्ने गर्छ।

कन्या राशि
यस राशि हुनेहरुको कुण्डलीको स्वामी बुध ग्रह रहेको हुन्छ। अध्यापक, संस्था सचिव, रेडियो या टीवीको उद्घोषकको कामहरुमा यस राशिहरुलाई सफलता मिल्ने गर्छ। ज्योतिष शास्त्र सम्बन्धि कार्यमा पनि सफलता मिल्ने गर्छ। अनुवादक साथै भाषा सम्बन्धि कार्य लाभदायक रहने गर्छ। अन्वेषक, संपादक, परीक्षक, कर अधिकारी जस्ता कार्यले पनि यस राशि भएका व्यक्तिहरुलाई साथ मिल्ने गर्छ। विशेषतः यस राशि भएका व्यक्तिहरुलाई व्यवसाय भन्दा जागिरनै लाभदायक रहने गर्छ।

तुला राशि
यस राशि हुने व्यक्तिहरुको कुण्डलीको स्वामी शुक्र ग्रह रहेको हुन्छ। न्यायाधीश, परामर्शदाता साथै कानुनी सम्बधि कार्यमा सफलता मिल्ने गर्छ। सही कलाकारितामा नृत्य-संगीत, चित्रकलामा पनि यस राशि भएका व्यक्तिहरुलाई सफलता मिल्ने गर्छ। अध्यापक, सामाजिक कार्यकर्ता, वितिय सम्बन्धि जागिरले यस राशि हुनेहरुलाई साथ दिने गर्छ। मूर्ति, होटेल, बहुमुल्य धातु सम्बन्धि व्यवसायमा भाग्यको साथ मिल्ने गर्छ। कार्टूनिस्ट, मेकअप आर्टिस्ट, फोटोग्राफर जस्ता कार्यहरु पनि यस राशि हुनेहरुको लागि लाभदायक हुने गर्छ।

वृश्चिक राशि
यस राशि हुनेहरुको कुण्डलीको स्वामी मंगल रहने गर्छ भने स्वामी मंगल सम्बन्धि कार्य गरेमा सफलता मिल्ने गर्छ। केमिस्ट चिकित्सक, वकील, प्रहरी साथै सेनामा जागिर गरेमा यस राशि भएका व्यक्तिहरुलाई सफलता मिल्ने गर्छ। ठेकेदार, जीवन बीमा, रेल या ट्रक कर्मचारी जस्ता जागिरहरुले साथ दिने गर्छ। यस राशी भएका व्यक्तिहरुलाई बहुमुल्य धातू सम्बन्धि व्यसाय, मदिरा साथै धुम्रपान सम्बन्म्धि व्यवसाय, समुद्री व्यवसाय, साथै फलाम सम्बन्धि व्यवसायमा सफलता मिल्ने गर्छ।

धनु राशि
यस राशि भएका व्यक्तिहरुको कुण्डलीको स्वामी बृहस्पति रहेको हुन्छ। यस राशि हुनेहरुलाई वित्तीय बैंकहरुमा जागिर गरेमा सफलता मिल्ने गर्छ। संपादक, शिक्षा विभाग, लेखन, वकालत अनि कानून सम्बन्धि कार्यमा पनि सफलता मिल्ने गर्छ। प्रशासनिक अधिकारी, अध्यापन, साथै धर्म सम्बन्धि कार्यमा सफलता मिल्न सक्छ। आयात-निर्यात, स्टेशनरी विक्रेता, कपडा सम्बन्धि व्यवसायमा पनि सफलता मिल्न सक्छ।

मकर राशि
यस राशि भएका व्यक्तिहरुको कुण्डलीमा स्वामी शनि ग्रह रहेको हुन्छ। यस राशि हुनेहरुलाई उच्च पदाधिकारी, समाजसेवी, चिकित्सक, नर्स, जेलर, संगीतकार जस्ता कार्यमा सफलता मिल्ने गर्छ। यसको अलावा पेट्रोलियम व्यसायमाबाट पनि लाभ मिल्ने गर्छ। बीमा विभाग, ठेकेदारी, प्लास्टिक, खिलौना, बागवानी, खेती, सम्बन्धि व्यवसायमा पनि लाभ मिल्ने गर्छ। कलाको क्षेत्रमा पनि यस राशि भएका व्यक्तिहरुलाई सफलता मिल्ने गर्छ।

कुम्भ राशि
यस राशि भएका व्यक्तिहरुको कुण्डलीमा शनि स्वस्मी भएको हुन्छ। यस राशि भएका व्यक्तिहरुलाई शिक्षण कार्य, ज्योतिष, तांत्रिक, प्राकृतिक चिकित्सक, इंजीनियर अथवा वैज्ञानिक जस्ता कार्यमा सफलता मिल्ने गर्छ। चिकित्सकीय उपकरणको व्यवसायमा पनि सफलता मिल्ने गर्छ। कानूनी सलाहकार, सामाजिक कार्यकर्ताको रुपमा पनि सफलता मिल्ने गर्छ। निर्माण, धातु, कंप्यूटर, वायुयानको व्यवसायमा पनि यस राशि भएका व्यक्तिहरुलाई सफलता मिल्ने गर्छ।

मीन राशि
यस राशि भएका व्यक्तिहरुको कुण्डलीको स्वामी बृहस्पति हुने गर्छ। लेखन, संपादन, अध्यापन कार्यमा सजिलै सफलता मिल्ने यस राशि भएका व्यक्तिहरुलाई सामुद्रिक वस्तुहरुमा लाभ मिल्ने गर्छ। पशुपालन साथै कृषिमा पनि यस राशि भएका व्यक्तिहरुलाई सफलता मिल्ने गर्छ। फिल्म निर्माण, सामाजिक कार्य, संग्रहालय अथवा पुस्तकालयको कार्यमा सफलता मिल्ने गर्छ। खाद्य पदार्थ, आयात-निर्यात व्यवसायमा पनि सफलता मिल्ने गर्छ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *